२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युरोकप फाइनल खेल्दै स्पेनिस किशोर यमालले बनाउन सक्नेछन् यी कीर्तिमान

२०८१, ३० असार आईतवार १२:३३

असार ३०, काठमाडौँ । दुई बलिया प्रतिद्वन्द्वी जर्मनी र फ्रान्सविरुद्ध गरेको सशक्त प्रदर्शनका कारण युरो कपको फाइनल अघि स्पेनका किशोर लेमिन यमाल चर्चामा छन्।

जर्मनीमा नेपाली समयअनुसार आइतबार राती पौने १ बजे सुरु हुने फाइनलमा एक दिनअघि मात्र १७ वर्ष पुगेका यमाल इङ्गल्यान्डका लागि सम्भवतः सबैभन्दा बढी नजरमा परेका खेलाडी रहेका छन्।

प्रतियोगिता अघि उनी यो प्रतियोगिता खेल्न सक्ने इतिहासकै कम उमेरका खेलाडी भनेर चर्चा सुरु भएको थियो। युरो कप खेल्ने सबैभन्दा कम उमेरका खेलाडीका रूपमा यसअघि पोलिस खेलाडी कास्पर कोज्लोस्कीको नाममा कीर्तिमान थियो। उनले सन् २०२१ को युरो कप १७ वर्ष २ सय ४६ दिनमा खेलेका थिए।


जारी युरो कपमा उनले एक गोल र ३ असिस्ट गरेका छन्। क्वाटरफाइनलमा उनले डानी ओल्मोका लागि उत्कृष्ट पास उपलब्ध गराएका थिए।

फ्रान्सविरुद्ध डीबक्सबाहिरबाट आफै गोल गर्दै सनसनी मच्चाएका थिए। उनी युरो कप इतिहासमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन्।

यसअघि उक्त कीर्तिमान स्वीजरल्यान्डका योहान भन्लानथेनको नाममा थियो। भन्लानथेनले १८ वर्ष एक सय ४० दिनको दिन युरो कपमा गोल गरेर कीर्तिमान बनाएका थिए।

इङ्गल्यान्डविरुद्ध उनले मैदान उत्रिने बित्तिकै कीर्तिमान बनाउनेछन्, युरो कपको फाइनल खेल्ने सबैभन्दा कम उमेरको खेलाडीका रूपमा। यसअघि पोर्चुगलका रेनाटो सान्चेजले सन् २०१६ को युरो कप १८ वर्ष ११ महिनामा खेलेका थिए।

इङ्गल्यान्डविरुद्ध गोल गर्न सकेमा उनी युरो कपको फाइनलमा गोल गर्ने पनि सबैभन्दा कम उमेरका खेलाडी हुनेछन्। इटालीका पियत्रो अनास्तासीले सन् १९६८ को युरो कप फाइनलमा गोल गर्दा उनको उमेर २० वर्ष ६८ दिन रहेको थियो।

किशोर खेलाडीका रूपमा सन् २०१८ को विश्वकपमा सनसनी मच्चाएका केलियन एमबाप्पे सम्मिलित फ्रान्सलाई हराएर स्पेन यस पटक फाइनल पुगेको हो।

एमबाप्पे करिब डेढ वर्षअघि आयोजित विश्वकपका गोल्डेन बुट विजेता हुन्। सन् २०१८ को विश्वकप फ्रान्सले जित्दा एमबाप्पेले किशोर खेलाडीका रूपमा केही कीर्तिमान बनाएका थिए।

उनी विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। त्यसअघि सन् १९५८ को विश्वकपमा पेलेले १७ वर्ष २ सय ४९ दिनको उमेरमा गोल गरेका थिए।

क्रोएसियाविरुद्ध भएको विश्वकप फाइनलमा एमबाप्पेले १९ वर्ष २ सय ७ दिन उमेरमा गोल गरेका थिए। ६ वर्षअघि भएको विश्वकपमा एमबाप्पेले कम उमेरको खेलाडीका रूपमा प्राप्त गरेका सफलता यमाललाई यतिबेला युरो कपमा दोहोर्‍याउने अवसर छ।

यमाल बार्सिलोनाको एमेडेमी ला मासियाका उत्पादन हुन्। गत सिजन उनले ला लिगामा गोल गर्दै बार्सिलोनाका लागि गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडीका रूपमा इतिहास बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट