२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युरोकप फाइनल खेल्दै स्पेनिस किशोर यमालले बनाउन सक्नेछन् यी कीर्तिमान

३० असार २०८१, आईतवार १२:३३

असार ३०, काठमाडौँ । दुई बलिया प्रतिद्वन्द्वी जर्मनी र फ्रान्सविरुद्ध गरेको सशक्त प्रदर्शनका कारण युरो कपको फाइनल अघि स्पेनका किशोर लेमिन यमाल चर्चामा छन्।

जर्मनीमा नेपाली समयअनुसार आइतबार राती पौने १ बजे सुरु हुने फाइनलमा एक दिनअघि मात्र १७ वर्ष पुगेका यमाल इङ्गल्यान्डका लागि सम्भवतः सबैभन्दा बढी नजरमा परेका खेलाडी रहेका छन्।

प्रतियोगिता अघि उनी यो प्रतियोगिता खेल्न सक्ने इतिहासकै कम उमेरका खेलाडी भनेर चर्चा सुरु भएको थियो। युरो कप खेल्ने सबैभन्दा कम उमेरका खेलाडीका रूपमा यसअघि पोलिस खेलाडी कास्पर कोज्लोस्कीको नाममा कीर्तिमान थियो। उनले सन् २०२१ को युरो कप १७ वर्ष २ सय ४६ दिनमा खेलेका थिए।


जारी युरो कपमा उनले एक गोल र ३ असिस्ट गरेका छन्। क्वाटरफाइनलमा उनले डानी ओल्मोका लागि उत्कृष्ट पास उपलब्ध गराएका थिए।

फ्रान्सविरुद्ध डीबक्सबाहिरबाट आफै गोल गर्दै सनसनी मच्चाएका थिए। उनी युरो कप इतिहासमा गोल गर्ने सबैभन्दा कम उमेरका खेलाडी हुन्।

यसअघि उक्त कीर्तिमान स्वीजरल्यान्डका योहान भन्लानथेनको नाममा थियो। भन्लानथेनले १८ वर्ष एक सय ४० दिनको दिन युरो कपमा गोल गरेर कीर्तिमान बनाएका थिए।

इङ्गल्यान्डविरुद्ध उनले मैदान उत्रिने बित्तिकै कीर्तिमान बनाउनेछन्, युरो कपको फाइनल खेल्ने सबैभन्दा कम उमेरको खेलाडीका रूपमा। यसअघि पोर्चुगलका रेनाटो सान्चेजले सन् २०१६ को युरो कप १८ वर्ष ११ महिनामा खेलेका थिए।

इङ्गल्यान्डविरुद्ध गोल गर्न सकेमा उनी युरो कपको फाइनलमा गोल गर्ने पनि सबैभन्दा कम उमेरका खेलाडी हुनेछन्। इटालीका पियत्रो अनास्तासीले सन् १९६८ को युरो कप फाइनलमा गोल गर्दा उनको उमेर २० वर्ष ६८ दिन रहेको थियो।

किशोर खेलाडीका रूपमा सन् २०१८ को विश्वकपमा सनसनी मच्चाएका केलियन एमबाप्पे सम्मिलित फ्रान्सलाई हराएर स्पेन यस पटक फाइनल पुगेको हो।

एमबाप्पे करिब डेढ वर्षअघि आयोजित विश्वकपका गोल्डेन बुट विजेता हुन्। सन् २०१८ को विश्वकप फ्रान्सले जित्दा एमबाप्पेले किशोर खेलाडीका रूपमा केही कीर्तिमान बनाएका थिए।

उनी विश्वकपको फाइनलमा गोल गर्ने दोस्रो सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए। त्यसअघि सन् १९५८ को विश्वकपमा पेलेले १७ वर्ष २ सय ४९ दिनको उमेरमा गोल गरेका थिए।

क्रोएसियाविरुद्ध भएको विश्वकप फाइनलमा एमबाप्पेले १९ वर्ष २ सय ७ दिन उमेरमा गोल गरेका थिए। ६ वर्षअघि भएको विश्वकपमा एमबाप्पेले कम उमेरको खेलाडीका रूपमा प्राप्त गरेका सफलता यमाललाई यतिबेला युरो कपमा दोहोर्‍याउने अवसर छ।

यमाल बार्सिलोनाको एमेडेमी ला मासियाका उत्पादन हुन्। गत सिजन उनले ला लिगामा गोल गर्दै बार्सिलोनाका लागि गोल गर्ने सबैभन्दा कम उमेरको खेलाडीका रूपमा इतिहास बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ