२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोपा अमेरिकाको फाइनल खेलमा मेसी दोस्रो हाफमा मैदानबाट बाहिरिए

२०८१, ३१ असार सोमबार ०३:१६

असार ३१, काठमाडौं | कोपा अमेरिको फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी खेलको ६५ मिनेटमा मैदानबाट बाहिरिएका छन्। पहिलो हाफमा घाइते भए पनि मैदानमै रहेका मेसीले दोस्रो हाफको ६५ मिनेटमा मैदान छोडेका हुन्।

कोपा अमेरिकाको उपाधिका लागि अर्जेन्टिना र कोलम्बिया भिड्दै छन्। खेलको ६५ मिनेटसम्म खेल गोलरहित बराबरीमा जारी छ।

अर्जेन्टिना र कोलम्बियाबीचको कोपा अमेरिका फाइनल खेल निर्धारित समयमा शुरु हुन सकेको थिएन । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार बिहान ५: ४५ बजेदेखि शुरु हुनुपर्ने खेल नेपाली समय अनुसार ७ बजेदेखि शुरु गरेको छ |   स्टेडियममा फ्यानहरुको भिड र टिकट नलिएका फ्यानहरु जबर्जस्ती घुस्न खोजेपछि स्थिति नियन्त्रण बाहिर गएको थियो । आयोजकहरुले टिकट नभएका फ्यानहरुलाई पनि स्टेडियममा जान दिने भने पनि अवस्था नियन्त्रणमा आउन नसकेपछि खेल एक घण्टा १५ मिनेट ढिलो भएको थियो |

अर्जेन्टिनाले अहिलेसम्म कोपा अमेरिकाको उपाधि १५ पटक उचालिसकेको छ। अर्जेन्टिना साविक विजेता हो भने कोलम्बिया २८ खेलमा लगातार अपराजित छ। पहिलो पटक फाइनल खेलेको कोलम्बिया उपाधि हात पार्ने लक्ष्यका साथ मैदानमा छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह