२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कोपा अमेरिका: अर्जेन्टिनाले कीर्तिमानी १६ औँ पटक उपाधि उचाल्यो

३१ असार २०८१, सोमबार ०४:३०

असार ३१, फ्लोरिडा । अर्जेन्टिनाले ४८ औँ संस्करणको उपाधिमाथि कब्जा जमाएको छ । सोमबार बिहान भएको फाइनल खेलको अतिरिक्त समयमा कोलम्बियालाई १–० गोलले हपराजित गर्दै अर्जेन्टिनाले १६ औं पटक कोपा अमेरिकाको उपाधि उचालेको हो ।


निर्धारित समयको खेलमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो । ११२ औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए । जियोभानी लो सेल्सोले उनलाई गोलको अवसर सिर्जना गरेका थिए ।

यसअघि अर्जेन्टिनाले उरुग्वेसँगै १५–१५ पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । अर्जेन्टिनी टोलीले सन् १९२१ मा पहिलो पटक कोपा–अमेरिकाको उपाधि जितेको थियो । अन्तिम पटक भने अर्जेन्टिना सन् २०२१ मा च्याम्पियन बनेको थियो । यसका अतिरिक्त अर्जेन्टिना १४ पटक उप–विजेता पनि बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ