२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मार्टिनेजले जिते कोपा गोल्डेन ग्लोभ्स अवार्ड

२०८१, ३१ असार सोमबार ०७:०२

असार ३१, काठमाडौँ । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कोपा अमेरिका २०२४ को ‘गोल्डेन ग्लोभ्स’ अवार्ड जितेका छन् ।

अर्जेन्टिनालाई कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका मार्टिनेजले प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बनेका हुन् । उनले प्रतियोगिमा ६ खेलमा जम्मा १ गोल मात्र खाए ।

अर्जेन्टिनालाई अपराजित रहँदै उपाधि जित्दा ६ खेल जितेको थियो । जसमा गोलकिपर मार्टिनेजले पाँच खेलमा कुनै गोल नखाई क्लिनसिट राखेका थिए । अर्जेन्टिनाले समूह चरणमा क्यानडालाई २-० ले, चिलीलाई १-० ले र पेरुलाई २-० ले पराजित गरेको थियो । यस्तै सेमिफाइनलमा क्यानडालाई नै २-० ले हराएको अर्जेन्टिनाले फाइनलमा कोलम्बियालाई १-० ले हराउँदा मार्टिनेजले क्लिनसिट राखे ।


क्याटरफाइनलमा इक्वेडर विरुद्धको खेलमा मात्र मार्टिनेजले एक गोल बेहोरेका थिए । उक्त खेलको निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि पेनाल्टीसुटआउटमा पनि मार्टिनेजले उत्कृष्ट प्रदर्शन गर्दै दुई बचाउ गरेका थिए ।

मार्टिनेजले अर्जेन्टिनाका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले रअजेन्टिनाबाट २०२१ र२०२४ को कोपा अमेरिका साथै २०२२ मा फिफा विश्वकप उपाधि जितेका छन् । उनले तीद्दवटै मुख्य प्रतियोगितामा उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जितेका थिए ।

हाल प्रिमियर लिग क्लब एस्टन भिल्लाबाट खेल्ने गोलकिपर मार्टिनेजले अर्जेन्टिनाका लागि ४५ खेल खेल्दा ३२ खेलमा क्लिनसिट राखेका छन् । जसमा उनले जम्मा १७ गोल बेहोरेका छन् भने ७५ सेभ गरेका छन् । उनले ३४ खेल जित्दा ९ खेल बराबरी खेलेका छन् । जम्मा दुई खेलमा मात्र पराजय बेहोरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट