२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

फिफा वरियता: अर्जेन्टिना शीर्ष वरियतामा कायमै, स्पेन तेस्रो स्थानमा उक्लियो, नेपाल कतिमा?

२०८१, ३ श्रावण बिहीबार १०:१०

साउन ३, काठमाडौँ । विश्व फुटबल महासंघ–फिफाको ताजा वरियताक्रममा कोपा अमेरिका विजेता अर्जेन्टिना शीर्षस्थानमा कायमै रहेको छ । युरो कप विजेता स्पेन पाँच स्थान उक्लिएर तेस्रोमा पुगेको छ ।

हालै भएको कोपा अमेरिका फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई १–० गोलले हराएर उपाधि रक्षा गरेको थियो । उता स्पेनले युरो कपको फाइनलमा इङ्ल्यान्डलाई २–१ गोलले जितेको थियो ।

फ्रान्स दोस्रो, इङ्ल्यान्ड चौथो, ब्राजिल पाँचौँ, बेल्जियम छैठौँ, नेदरल्यान्ड्स सातौँ र पोर्चुगल आठौँ स्थानमा छ । कोलम्बिया नवौँ र इटाली १० औँ नम्बरमा छ । १८ महिनायता अर्जेन्टिना विश्व वरियताको शीर्षस्थानमा छ । सन् २०२३ को सुरुवातमा अर्जेन्टिनाले विश्वकप जितेको थियो ।

दक्षिण एसियाली टोलीमा नेपाल एक सय ७५ औँ स्थानमा यथावत छ । भारत एक सय २४, मालदिभ्स एक सय ६३, भुटान एक सय ८२, बंगलादेश एक सय ८४, पाकिस्तान एक सय ९७ र श्रीलंका २ सय ५ औँ स्थानमा छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट