२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

यूएईलाई भारतले दियो २०२ रनको लक्ष्य

२०८१, ६ श्रावण आईतवार १०:३७

साउन ६,  काठमाडौँ ।  श्रीलंकामा जारी नवौँ महिला एसिया कप क्रिकेटको आइतबार खेलिएको खेलमा भारतले संयुक्त अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय दुई रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय एक रनको विशाल योगफल तयार पारेको हो ।

भारतका लागि दुई ब्याट्रले अर्धशतकीय पाली खेले । कप्तान हरमनप्रित कौरले ६६ रन बनाइन् । उनले केवल ४७ बलको सामना गरी एक छक्का र सात चौका प्रहार गरिन् । विकेटकिपरको समेत भूमिकामा रहेकी रिचा घोषले पनि अविजित ६४ रन जोडिन् ।


उनले केवल २९ बलको सामना गरी एक छक्का र १२ चौका हिर्काइन् । ओपनर सफाली वर्माले पनि टोलीको खातामा ३७ रन थपिन् । स्मृति मन्धानाले १३ रन जोडिन् । यूएईका बलर कविसा एगोडेगले दुई तथा समाइरा धरणिधरका र हिना होचन्दानीले एक–एक विकेट लिए ।

जारी प्रतियोगितामा भारत र यूएई दुबैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यूएईको टोली आफ्नो पहिलो खेलमा नेपालसँग ६ विकेटले पराजित भएको थियो । भारतले भने आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्दी पाकिस्तानलाई सात विकेटले हराएको थियो ।

समूह ‘ए’ तालिकामा चारवटै टोलीले एक–एक खेल खेलिसक्दा भारत दुई अंकसहित पहिलो र नेपाल दुई अंकसहित दोस्रो स्थानमा आसिन छन् । पाकिस्तान र यूएईले भने अंक बटुल्न सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट