२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला एशिया कप: यूएईलाई ७८ रनले हराउदै भारतको लगातार दोस्रो जित, खेलमा यस्ता बने नयाँ रेकर्ड!

६ श्रावण २०८१, आईतवार १२:१३

साउन ६,  काठमाडौँ । जारी महिला एशिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ ।

आइतबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा भारतले युएईलाई ७८ रनले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

भारतले दिएको २०२ रनको लक्ष्य पछाएको युएईले २० ओभरमा ७ विकेट गुमाएर १२३ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो । 

यूएईका लागि काभिसा एगोडेजले नटआउट रहँदै सर्वाधिक ४० रन जोडिन् । उनले मात्र ३२ बलमा ३ चौका र १ छक्का हिर्काइन् । 

त्यस्तै, ओपनर इशा ओजाले ३६ बलमा ३८ रनको योगदान दिइन् । खुसी शर्माले १३ बलमा १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

भारतका लागि दीप्ति शर्माले २ तथा रेनुका सिंह, तनुजा कँवर, पूजा भस्त्राकर र राधा यादवले १–१ विकेट हासिल गरे ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १ रन बनाएको थियो । महिला एसिया कपमा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक ठुलो स्कोर हो । यसअघि सन् २०२२ मा भारतले मलेसियाविरुद्ध ४ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । प्रतियोगिताको इतिहासमा सबैभन्दा ठुला ७ स्कोरमध्ये ६ वटा भारतको नाममा रहेको छ ।

टी–२० अन्तर्राष्ट्रियमा भारतीय महिला टोलीले बनाएको यो सर्वाधिक ठुलो स्कोर पनि हो । यसअघि टोलीले सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो ।

टोलीका लागि कप्तान हरमनप्रित कौरले सर्वाधिक ६६ रन बनाइन् । उनले ४७ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरिन् । प्रतियोगितामा कुनै पनि कप्तानले बनाएको यो सर्वाधिक ठुलो स्कोर हो ।

उनले रिचा घोषसँग मिलेर पाँचौँ विकेटका लागि ७५ रन जोडिन् । यो पनि महिला एसिया कपका लागि नयाँ रेकर्ड हो । 

घोषले मात्र २९ बलमा ६४ रन बनाइन् । उनले यस क्रममा १२ चौका र १ छक्का प्रहार गरिन् । टी–२० अन्तर्राष्ट्रियमा कुनै पनि भारतीय महिला विकेटकिपरले बनाएको यो सर्वाधिक ठुलो स्कोर हो ।

त्यस्तै, ओपनर सेफाली वर्माले १८ बलमा ३७ रन बनाइन् । उनले ५ चौका र १ छक्का प्रहार गरिन् । यूएईका लागि काभिसा एगोडेजले २ तथा समाइरा धारनिधारका र हिना हटचन्दनीले १–१ विकेट लिइन् ।

भारतले यसअघि पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । त्यस्तै युएईले भने लगातार दोस्रो हार बेहोरेको छ । युएईले पहिलो खेलमा नेपालसँग हार बेहोरेको थियो ।

प्रतियोगितामा अब भारतले आफ्नो समुह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने सोहि दिन युएईले पाकिस्तानको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ