२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

उत्कृष्ट फिल्डिङसँगै रोहितले गरे जीतबाट फ्रेन्चाइज लिगको शुरूवात

१३ श्रावण २०८१, आईतवार ०६:२८

साउन १३, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले जीतबाट फ्रेन्चाइज टी–२० क्रिकेट लिगको शुरूवात गरेका छन् । क्यानडामा जारी ग्लोबल टी–२० लिगमा उनी आबद्ध टोरोन्टो नेसनल्सले जीत निकालेसँगै उनको डेब्यू सुखद बन्न पुगेको छ ।

आइतवार बिहान सम्पन्न खेलमा टोरोन्टोले ब्राम्पटन वुल्भ्सलाई आठ विकेटले पराजित गरेको गरेको हो । जारी लिगमा टोरोन्टोको यो लगातार दोस्रो जीत हो । प्रतियोगितामा ढिलो सहभागी भएका कारण रोहितले पहिलो खेल भने गुमाएका थिए ।


रोहित वुल्भ्सविरुद्ध प्लेइङ–११ मा रहे । तर उनले ब्याटिङ–बलिङको अवसर भने पाएनन् थिएनन् । यद्यपि फिल्डिङ भने उनले गज्जब गरे । उनले एक उत्कृष्ट रनआउट तथा एक शानदार क्याच लिएका थिए ।

विदेशी लिगमा रोहितको यो पहिलो खेल हो । जीतसँगै टोरोन्टो दुई खेलमा चार अंकका साथ शीर्ष स्थानमा छ । 

यसैगरी सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीसम्मिलित भ्यानकुभर नाइट्स भने बंगाल टाइगर्ससँग २२ रनले पराजित भएको छ । सन्दीपले दुई विकेट दिनका बाबजुद उनको टोली पराजित हुन पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ