२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ग्लोबल टी-२० मा भ्यानकुभरको लगातार तेस्रो हार,दीपेन्द्र र सन्दीपको उत्कृष्ट प्रदर्शन

१४ श्रावण २०८१, सोमबार ०२:५२

साउन १४, काठमाडौँ | ग्लोबल टी-२० क्यानडा लिग अन्तर्गत आफ्नो तेस्रो खेलमा भ्यानकुभर नाइट्सका लागि नेपाली जोडी दीपेन्द्रसिंह ऐरीको राम्रो ब्याटिङ र सन्दीप लामिछानेको राम्रो बलिङ उत्कृष्ट प्रदर्शनका बाबजुद पराजित भएको छ |

टस जितेर भ्यानकुभरले मोन्ट्रियल टाइगर्सविरुद्ध पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। सुरुमा ब्याटिङ गरेको मोन्ट्रियलले ७ विकेटको क्षतिमा १४४ रन को लक्ष्य दिएको थियो।

मोन्ट्रियलविरुद्धको बलिङमा भ्यानकुभरका लागि मोहम्मद आमिर र प्रेटोरियासले २-२ विकेट लिए भने नेपालका सन्दीप लामिछानेले १ विकेट लिए। चार ओभर बलिङ गरेका उनले २४ रन खर्चिएर एक विकेट हात पारेका हुन्। योसँगै प्रतियोगितामा उनले तीन खेल खेल्दा व्यक्तिगत चार विकेट हात पारेका छन्।

१४५ रनको लक्ष्य पछ्याएको भ्यानकुभर मोन्ट्रियलसंग १० रनले पराजित भयो | भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३४ रन मात्र बनाउन सक्यो | भ्यानकुभरका लागि रिजा हेन्ड्रिक्सले ३५ बलमा सर्वाधिक ३४ रन बनाए | त्यस्तै ड्रवेन प्रेटोरियास २० बलमा ३१ रन बनाएका थिए |

नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने नटआउट ३० रन बनाए। १५ बलको सामना गरेका दीपेन्द्रले तीन चौका र एक छक्का प्रहार गरे। नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे पनि भ्यानकुभरले लगातार तेस्रो हार खाएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ