९ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अभ्यास खेलमा श्रीलंका डेभ्लपमेन्टसँग नेपाल ५ विकेटले पराजित

२१ भाद्र २०८१, शुक्रबार ११:००

भदौ २१, काठमाडौं । तेस्रो अभ्यास खेलमा श्रीलंका डेभ्लपमेन्टसँग नेपाल ५ विकेटले पराजित भएको छ।

नेपालले दिएको १६० रनको लक्ष्य श्रीलंका २६.५ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो।

श्रीलंकाका क्रिसन सन्जुलाले सर्वाधिक ६८ रन बनाए। ६० बल खेलेका उनले १० चौका प्रहार गरेका हुन् । नेपालका लागि गुलसन झा र कप्तान सोमपाल कामीले समान २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा सबै विकेट गुमाउँदै १५९ रन बनाएको थियो।

नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए। ५० बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरेका थिए। कुशल मल्ल ३५, अनिलकुमार साह ३५ र करण केसी १५ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। श्रीलंकाका गरुका संकेथले सर्वाधिक ४ विकेट लिए।

लगातार वर्षाका कारण यस अघिको पहिलो र दोस्रो खेल रद्ध भएको थियो |

यस अभ्यास खेल पछि नेपालले क्यानडामा हुने आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिज खेल्न त्यसतर्फ जाने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेसहित ४ जनालाई अदालत उपस्थित गराइयो रवि लामिछानेको निलम्बनविरुद्ध रास्वपा अदालत जाँदै हेर्नुहोस् आज कति पुग्यो सुनचाँदीको मुल्य? मोटरसाइकलको ठक्करबाट ललितपुरमा पैदलयात्रीको मृत्यु आजदेखि पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु हुँदै संघीय संसद अन्तरगत आज तीन समितिको बैठक बस्दै जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित यस्ता छ, आज विदेशी मुद्राको विनिमय दर ! कास्की जिल्ला अदालतमा आज पनि रवि लगायतसँग बयान जारी आजको मौसम: देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना दिपेन्द्र सिंह ऐरीले कार आफ्नो नाममा नामसारी गर्न १५ लाख ५० हजार कर तिर्नुपर्ने रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा थाइल्याण्ड, म्यानमार, लाओस लगायत देशमा जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा