२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

एक घण्टापछि सर्‍यो नेपाल र क्यानडाबीचको खेल

२०८१, ३१ भाद्र सोमबार ११:४९

भदौ ३१, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलाअन्तर्गत नेपाल र क्यानडाबीचको खेल निर्धारित समयभन्दा एक घण्टापछि सरेको छ । 

नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत नेपाल र क्यानडाबीचको खेल एक घण्टापछि सरेको जनाएको हो । यसअघि यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बेलुका ७ः४५ बजेदेखि सुरु हुने तालिका थियो । तर, नयाँ समयअनुसार नेपाल र क्यानडा राति ८ः४५ बजेदेखि मैदान उत्रिनेछन् । 

लिग–२ अन्तर्गत यसअघि घरेलु भूमिमा भएको त्रिदेशीय शृंखलामा खराब लयबाट गुज्रिएको नेपाल तालिकाको सातौँ स्थानमा छ । यसअघि नेपालले घरेलु मैदानमै खेलेका चार खेलमध्ये तीन खेलमा हार व्यहोर्दा एक खेलमा मात्र जित निकालेको थियो ।


आठ टिममध्ये सातौँ स्थानको नेपालको खातामा दुई अंकमात्र छ । आजको खेलमा जित निकाले नेपाल तालिकाको छैटौँ स्थानमा उक्लिनेछ । 

यता, तालिकाको शीर्ष तीनभित्र रहेको क्यानडाले भने लिग–२ मा मिश्रित नतिजा निकालेको छ । आठ खेलमध्ये चारमा जित र चार खेलमा हार व्यहोरको क्यानडा आठ अंकसहित तालिकाको तेस्रो स्थानमा छ । क्यानडामा हुने शृंखलामा नेपाल, क्यानडा र ओमान सहभागी छन् । नेपालले आजको खेलपछि बुधबार ओमानसँग खेल्नेछ । यस्तै, नेपाले आइतबार पुनः क्यानडासँग र मंगलबार ओमानसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण