२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

साफ महिला च्याम्पियनसिपका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा बोलाइए

८ आश्विन २०८१, मंगलवार ११:१२

असोज ८, काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा हुने साफ महिला च्याम्पियनसिपको लागि बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले जारी एन्फा लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी समेट्दै ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् । साफ महिला च्याम्पियनसिप अक्टोबर १७-३० सम्म त्रिपुरेश्वस्थित दशरथ रंगशालामा हुनेछ।

साविक उपविजेता नेपालसहित श्रीलंका, माल्दिभ्स र भुटान समूह ए मा छन् भने साविक विजेता बंगलादेश, भारत र पाकिस्तान समूह बी मा छन् ।


बन्द प्रशिक्षणमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, गीता राणा, अमृता जैसी, समीक्षा घिमिरे, निशा थोकर, पूजा राणा, विमला वि.कलाई बोलाइएको छ । त्यस्तै हीराकुमारी भुजेल, प्रतीक्षा चौधरी, रेणुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत, अमिषा कार्की पनि बन्द प्रशिक्षणमा बोलाइएका छन् ।

विमला चौधरी, सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता के.सी, चन्द्रा भण्डारी, सरस्वती हमाल, तुलसा बोहरा, भूमिका बुढाथोकी पनि बन्द प्रशिक्षणमा परेका छन् । ४० खेलाडीमा ममता पुन, यशोदा शाही, अञ्जली माचामसी, सुष्मा तामाङ, सुक्रिया मिया, सजिना कोइराला, नेहाकुमारी चौधरी, सजनी थोकर, अनिता लामगेल, लिला जोशी, सुशीला चौधरी, कुस्मा राई, सुनिता भुलन पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…