पुस १ , काठमाडौं । रोहित पौडेल, जो श्रीलंकाविरुद्धको पहिलो खेलमा फस्ट इलाभेनमा परेका थिएनन् । तर, भारतविरुद्धको खेलमा उनले नेपालको पारीलाई सम्हालेर सम्मानजनक स्कोरम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस १ , काठमाडौं । रोहित पौडेल, जो श्रीलंकाविरुद्धको पहिलो खेलमा फस्ट इलाभेनमा परेका थिएनन् । तर, भारतविरुद्धको खेलमा उनले नेपालको पारीलाई सम्हालेर सम्मानजनक स्कोरम"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नवलपरासीका रोहितले जब अन्तिम ओभरमा भारतविरुद्ध छक्का-चौका वर्षाए

१ पुष २०७३, शुक्रबार १४:२६


पुस १, काठमाडौं । रोहित पौडेल, जो श्रीलंकाविरुद्धको पहिलो खेलमा फस्ट इलाभेनमा परेका थिएनन् । तर, भारतविरुद्धको खेलमा उनले नेपालको पारीलाई सम्हालेर सम्मानजनक स्कोरमा पुर्‍याए । आजको खेलमा हारका बाबजुद पनि नेपाली त्रिकेट समर्थकहरुले अन्तिम ओभरमा हानेको तीन चौका र एक छक्कालाई संधै स्मरण गरिरहनेछन् । ९८ बलको सामना गरेका रोहितले अविजित रहेर नेपालका लागि बलियो स्कोर बनाउने प्रयास गरेका थिए ।

निकै कम्जोर पर्दर्शनका बीच पनि रोहितको सहयोगले नेपालले निकै सम्मानजनक स्थिति बनायो । रोहित मैदान प्रवेश गर्दा नेपालको स्कोर ८६ रन मात्र थियो र, आधा खेल बाँकी नै थियो । तर, रोहितले एउटा इन्डमा बसेर भारतीय बलरहरुको डटेर सामना त गरे नै, अन्तिम ओभरमा जे गरे, त्यो निकै गज्जबको थियो । कमलेस नगरकोटीको पहिलो बलमा कुनै पनि रन नलिएका उनले दोस्रो बलमा छक्का हाने । तेस्रो र चौथो बलमा चौका हानेका उनले पाँचौ बलमा छक्का हाने । र, छैटौं बलमा फेरि चौका हान्दै नेपालको पारी समाप्त गरे । जुन निकै राम्रो मात्र हैन बिरलै देखिने पर्दर्शन हो । 

नवलपरासीका रोहित काठमाडौंको बालुवाटार क्रिकेट क्लबबाट खेल्दै आएका छन् । प्रशिक्षक रिकेश लामाका अनुसार उनी अलराउण्डर हुन् र क्लबमा खेल्दा ओपनिङ व्याटिङ गर्छन् । ‘उनी क्लबमा तीन वर्षदेखि छन्,’ लामाले भने, ‘उनी टिममा व्याट्सम्यानको रुपमा परेका हुन् । तर, बलिङ पनि त्यति नै राम्रो गर्छन् ।’

उनी क्लबमा तेस्रो-चौथो नम्बरका बलर हुन् । अहिले यू-१९ टिममा भने भैरहवामा भएको ट्यालेन्ट हन्टबाट उनी छनौट भएका हुन् । उनको आजको खेल पर्दर्शनलाई क्रिकेटप्रेमीहरुले निकै प्रशंशा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु