दिनेश ठकुल्ला/माघ १, धनगढी । धनगढीमा भएको प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी मनाङले हात पारेको छ । 

संकटा क्बल क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/माघ १, धनगढी । धनगढीमा भएको प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी मनाङले हात पारेको छ । 

संकटा क्बल क"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

खप्तड गोल्ड कपको उपाधीमाथि मनाङको कब्जा

१ माघ २०७३, शनिबार १४:५४


दिनेश ठकुल्ला/माघ १, धनगढी । धनगढीमा भएको प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी मनाङले हात पारेको छ । 

संकटा क्बल काठमाण्डौलाई १.० गोल अन्तरले हराउँदै मनाङले उपाधीसंगै नगद ५ लाख रुपैया, शिल्ड र प्रमाणपत्र हात पारेको छ भने उप विजेता बनेको संकटा नगद २ लाख ५१ हजार शिल्ड र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

खेल शुरु भएको २ मिनेटमै मनाङ कप्तान समेत रहेका अनिल गुरुङले गोल गरेका थिए । यो गोल नै निर्णायक वन्न पुग्यो । उनि प्रतियोगितामा म्यान अफ दी म्याच समेत घोषित भए साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै मनाङका अनिल गुरुङ्गले यामाहा कम्पनिको मोटरसाईकल समेत हात पारे । 

हज्जारौ दर्शकहरुले भरिएको क्षेत्रिय रंगशालामा भएको फाईनल खेलका सकटाले थुप्रै अवसरहरु पाएपनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो ।

खेलको दोस्रो हापका पाएको पेनाल्टीलाई संकटाका खेलाडी विश्व अधिकारीले गोलपोष्टका ठोक्काएपछि बल बाहिरिएको थियो ।

प्रतियोगितामा विभिन्न उत्कृष्ट खेलाडीहरुलाई समान १५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो । प्रतियोगिताको वेष्ट डिफेन्समा मनाङका विराज महर्जन, वेष्ट गोलकिपरमा संकटाका राजु नगरकोटि, राईजिङ्ग प्लेयर्समा सुदूरपश्चिम ११ का नरेन्द्र चौधरी, सर्वाधिक गोलकर्तामा सुदूरपश्चिम ११ का मनिराम चौधरी, बेष्ट कोचमा मनाङ छिरिङ लोत्साङ गुरुङ्ग घोषित भए ।

प्रतियोगिता आयोजक सुदूरपश्चिम ११ का अध्यक्ष सुरेश हमालले आगामि वर्ष आयोजना हुने गोल्ड कपको प्रथम र द्धित्तिय पुरस्कारको राशि बढाएर ११ लाख ११ हजार १ सय ११ रुपैया र ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको रहने घोषण गर्नु भएको छ । खप्तड गोल्डकप प्रत्येक वर्षको पौष २१ गते संचालन गर्ने समेत हमालले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह