दिनेश ठकुल्ला/माघ १, धनगढी । धनगढीमा भएको प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी मनाङले हात पारेको छ । 

संकटा क्बल क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दिनेश ठकुल्ला/माघ १, धनगढी । धनगढीमा भएको प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी मनाङले हात पारेको छ । 

संकटा क्बल क"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

खप्तड गोल्ड कपको उपाधीमाथि मनाङको कब्जा

२०७३, १ माघ शनिबार १४:५४


दिनेश ठकुल्ला/माघ १, धनगढी । धनगढीमा भएको प्रथम अन्तराष्ट्रिय आमन्त्रीत सुदुरपश्चिम खप्तड गोल्डकपको उपाधी मनाङले हात पारेको छ । 

संकटा क्बल काठमाण्डौलाई १.० गोल अन्तरले हराउँदै मनाङले उपाधीसंगै नगद ५ लाख रुपैया, शिल्ड र प्रमाणपत्र हात पारेको छ भने उप विजेता बनेको संकटा नगद २ लाख ५१ हजार शिल्ड र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

खेल शुरु भएको २ मिनेटमै मनाङ कप्तान समेत रहेका अनिल गुरुङले गोल गरेका थिए । यो गोल नै निर्णायक वन्न पुग्यो । उनि प्रतियोगितामा म्यान अफ दी म्याच समेत घोषित भए साथै प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै मनाङका अनिल गुरुङ्गले यामाहा कम्पनिको मोटरसाईकल समेत हात पारे । 

हज्जारौ दर्शकहरुले भरिएको क्षेत्रिय रंगशालामा भएको फाईनल खेलका सकटाले थुप्रै अवसरहरु पाएपनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा हार व्यहोर्न बाध्य भयो ।

खेलको दोस्रो हापका पाएको पेनाल्टीलाई संकटाका खेलाडी विश्व अधिकारीले गोलपोष्टका ठोक्काएपछि बल बाहिरिएको थियो ।

प्रतियोगितामा विभिन्न उत्कृष्ट खेलाडीहरुलाई समान १५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो । प्रतियोगिताको वेष्ट डिफेन्समा मनाङका विराज महर्जन, वेष्ट गोलकिपरमा संकटाका राजु नगरकोटि, राईजिङ्ग प्लेयर्समा सुदूरपश्चिम ११ का नरेन्द्र चौधरी, सर्वाधिक गोलकर्तामा सुदूरपश्चिम ११ का मनिराम चौधरी, बेष्ट कोचमा मनाङ छिरिङ लोत्साङ गुरुङ्ग घोषित भए ।

प्रतियोगिता आयोजक सुदूरपश्चिम ११ का अध्यक्ष सुरेश हमालले आगामि वर्ष आयोजना हुने गोल्ड कपको प्रथम र द्धित्तिय पुरस्कारको राशि बढाएर ११ लाख ११ हजार १ सय ११ रुपैया र ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको रहने घोषण गर्नु भएको छ । खप्तड गोल्डकप प्रत्येक वर्षको पौष २१ गते संचालन गर्ने समेत हमालले बताउनुभयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ