फागुन १५, काठमाडौं । नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । कोरीयाले बस्नेतलाई आफ्नो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १५, काठमाडौं । नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । कोरीयाले बस्नेतलाई आफ्नो "/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त

१५ फाल्गुन २०७३, आईतवार ०२:४८

फागुन १५, काठमाडौं । नेपाली क्रिकेट प्रशिक्षक राजु बस्न्यात दक्षिण कोरियाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । कोरीयाले बस्नेतलाई आफ्नो पुरुष र महिला दुबै टोली हेर्ने गरी मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

यससँगै बस्न्यात बिदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने (टीम गेममा) पहिलो नेपाली प्रशिक्षक बनेका छन् । अन्य खेलमा भने यस अघि टेवल टेनिसका सुरेन्द्र सुवालले भुटानको राष्ट्रिय टोली सम्हालेका थिए ।

सुरेन्द्रको नेतृत्वमा भुटानले अन्तर्राष्ट्रिय प्रतियोगिता समेत खेलेको थियो । प्रशिक्षक बस्न्यातले कोरीयाको मुख्य प्रशिक्षकका लागि आफुले हस्ताक्षर गरीसकेको जानकारी दिए । ‘केही समय अघि प्रशिक्षकका लागि आबेदन मागिएको थियो । त्यसमामा मैले पनि प्रयास गरेको थिए’, प्रशिक्षक बस्न्यातले अन्नपूर्णसँग भने, ‘त्यसमा छनोट भएपछि मैले सम्झौता समेत गरीसकेको छु ।’

बस्न्यातका अनुसार कोरियाले उनलाई आगामी एक बर्षका लागि मुख्य प्रशिक्षकका रुपमा नियुक्त गरेको हो । अर्काे बर्ष अगस्ट र सेप्टेम्बरमा इन्डोनेशीयामा हुने एसियाली खेलकुदको तयारीमा रहेको कोरियाले आफ्नो क्रिकेट टोलीका लागि बस्न्यातलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । दक्षिण कोरियाले आफ्नो टोलीका लागि बस्न्यातसहित दुई अष्ट्रेलियन प्रशिक्षक पनि नियुक्त गरेको छ ।

अष्ट्रेलियन प्रशिक्षकबारे जानकारी नगराईएपनि उनिहरुले मुख्य प्रशिक्षक बस्न्यातकै नेतृत्वमा रहेर काम गर्ने बुझीएको छ । विदेशी राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने पहिलो नेपाली प्रशिक्षक बनेका बस्न्यातले आफुलाई खुसी लागेको प्रतिकृया दिए । यद्यपि उनले यसलाई आफुले चुनौतीका रुपमा लिएको पनि बताए ।

‘खुसी लागेको छ । मेरा लागि यो ठूलो अवसर हो । तर, त्यो भन्दा पनि ठूलो मेरा लागि यो चुनौती हो’, बस्न्यातले भने, ‘यो अवसरमा मैले आफुलाई प्रमाणित गर्न सकिन भने मलाई मात्रै हैन, अन्य नेपाली प्रशिक्षकलाई समेत आगामी अवसर बन्द हुने छन् । त्यसैले यो अवसरमा मैले आफुलाई प्रमाणीत गर्नुपर्ने छ ।’

पुर्व खेलाडी समेत रहेका बस्न्यात पछिल्लो झन्डै ६ बर्ष यता प्रशिक्षणमा ब्यस्त रहदै आईरहेका छन् । सन् २०१४ मा नेपालले एसियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ प्रिमियर लिगको उपाधि जित्दा नेपाली टोलीको प्रशिक्षक रहेका बस्न्यातले पछिल्लो समय नेपाली राष्ट्रिय महिला टोलीको जिम्मेवारी समेत सम्हालेका थिए । बस्न्यात प्रशिक्षक बन्नु अघि नेपाली क्रिकेट टोलीका उत्कृष्ट खेलाडी थिए । – अन्नपूर्ण पोष्ट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड