२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इमर्जिङ कप क्रिकेट: पाकिस्तानद्वारा नेपाल ६ विकेटले पराजित

२०७३, १४ चैत्र सोमबार १०:२३

चैत १४, काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कपको आज भएको पहिलो खेलमा नेपालले पाकिस्तान यू-२३ टोलीसँग ६ विकेटले पराजित भएको छ । 

बंगलादेशको शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले दिएको १८१ रनको लक्ष्य पाकिस्तानी टोलीले ४६ औं ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

पाकिस्तानका लागि टोलीका इमाम उलहकले १०० रन बनाए । उनले १३४ बलमा ८ चौका हानेका थिए । 

कप्तान पारस खड्का, बसन्त रेग्मी, शक्ति गौचन र सोमपाल कामी सहितको उपस्थिति नरहेको उक्त खेलमा कप्तान ज्ञानेन्द्र मल्ल ३, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा सिमित बनेका थिए । उनीहरुको खेलपछि मैदान छिरेका शरदले सुनीलसँग मिलेर नेपालको पारीलाई केहि हदसम्म माथि पुर्याए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे । त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे । आरिफ शेखले १८ रन बनाए ।

नेपालले अब आफ्नो दोश्रो खेल भोलि बंगलादेशसँग खेल्दैछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा