२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ओमानका कप्तान अकिब ल्यास विराटनगर किङ्सबाट एनपीएल खेल्ने

२०८१, ४ कार्तिक आईतवार १२:३०

काठमाडौं | ओमानका कप्तान अकिब ल्यास आगामी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सबाट खेल्ने भएका छन्। विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत ल्यासलाई आफ्नो टोलीमा स्वागत गर्दै, यस सिजनमा उनी टोलीको महत्वपूर्ण हिस्सा हुने जानकारी दिएको छ।

अकिब ल्यास ओमानको क्रिकेटमा स्थापित खेलाडी मानिन्छन्। उनले ओमानका लागि ३२ एकदिवसीय (ओडिआई) खेलमा १,२३४ रन बनाएका छन्। यस्तै, टी-२० अन्तर्राष्ट्रियमा उनले ५६ खेल खेल्दै १,३३० रनको योगदान दिएका छन्।

एनपीएलमा विदेशी खेलाडीहरूको सहभागीता नेपाल क्रिकेटका लागि महत्वपूर्ण मानिन्छ। अकिबको आगमनसँगै विराटनगर किङ्सले आफ्नो ब्याटिङ लाइनअप बलियो हुने अपेक्षा गरेको छ। विराटनगरका कप्तान र प्रशिक्षकले पनि अनुभवी खेलाडी ल्याससँग खेल्न पाउनु टोलीका युवा खेलाडीहरूका लागि प्रेरणादायी हुने बताएका छन्।

एनपीएलको यो संस्करणले घरेलु क्रिकेटलाई अन्तर्राष्ट्रिय रंग दिन सफल हुने विश्वास गरिएको छ। अकिबजस्ता अनुभवी खेलाडीहरूको सहभागिताले प्रतियोगितामा थप आकर्षण बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द ! कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म यथाशीघ्र भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुने महासंघको चेतावनी पहिरोमा पुरिएर एक जनाको मृत्यु, स्काभेटर चालक बेपत्ता मलेसियामा आफ्नै साथीको चक्कु प्रहारबाट सल्यानका युवकको मृत्यु छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने