६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगलादेशी क्रिकेट टिमका पूर्वकप्तान तमिम इकबाललाई हृदयघात

११ चैत्र २०८१, सोमबार १५:४०

काठमाडौँ  | बङ्गलादेशका पूर्वएकदिवसीय क्रिकेट कप्तान तमिम इकबाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ ।

ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा ३६ वर्षीय तमिमले मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका समय हृदयघात भएको हो ।

टसपछि उनले छाती दुखेको गुनासो गरेको र मैदानमा प्रारम्भिक उपचारपछि तत्काल नजिकैको अस्पतालमा लगिएको थियो ।

‘उनलाई हृदयाघात भएको हो । मलाई अहिलेसम्म जानकारी भएअनुसार उनको मुटुले राम्रोसँग काम गर्न थालिसकेको छ,’ बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का मेडिकल अफिसर देबाशीष चौधरीले एएफपीसँग भने ।

टोलीका एक अधिकारी तारिकुल इस्लामले एएफपीलाई बताएअनुसार तमिमको ढाकाको बाहिरी इलाकामा रहेको सावरको एक अस्पतालमा उपचार भइरहेको छ ।

बिसिबीले तमिम अचानक बिरामी भएपछि आफ्नो निर्धारित बोर्ड बैठक स्थगित गरेको थियो । बोर्डका धेरै सदस्य उनलाई भेट्न अस्पताल गएका थिए ।​

तमिमले सन् २००७ देखि २०२३ को बीचमा बङ्गलादेशको प्रतिनिधित्व गर्दै ३९१ म्याच खेले । उनले हालसम्म १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् ।

तमिम तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक प्रहार गर्ने एक मात्र बङ्गलादेशी क्रिकेटर हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता