2026-09-26 12:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जिम्बाबे क्रिकेटले प्राप्त गर्‍यो ५० हजार अमेरिकी डलर सहयोग

काठमाडौँ | जिम्बाबे क्रिकेट बोर्डले पाँच प्रथम श्रेणी क्रिकेट टोलीलक्षित ५० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेको छ। यो सहयोग जिम्बाबेमा आधारित वित्तीय संस्था सीएबीएसले गरेको हो।

बोर्डका अनुसार यो रकम इगल्स, राइनोस, टस्कर्स, माउन्टेनेर्स र साउदर्न रक्स जस्ता पाँच टोलीहरूको सहयोगका लागि दिइनेछ। यी टोलीहरूले लोगन कप, प्रो५० च्याम्पियनसिप र घरेलु टी–२० प्रतियोगिता खेल्दै आएका छन्।

 

सहयोग सिधै टोलीहरूलाई दिइने भएकाले प्रशिक्षण, खेलाडी विकासजस्ता क्षेत्रमा लगानी गर्न सहज हुने बोर्डले जनाएको छ। बोर्डका प्रबन्ध निर्देशक गिभमोर माकोनीले भने, ‘सीएबीएसजस्ता साझेदारको समर्थनले घरेलु क्रिकेट बलियो बनाउँछ र दीर्घकालीन विकासमा टेवा पुग्छ।’

त्यसैगरी सहयोगी संस्था सीएबीएसका प्रबन्ध निर्देशक मेहलुली म्पोफुले भनेका छन्, ‘यो क्रिकेटमा मात्र नभई देशका युवाको सपना र सम्भावनामा लगानी हो। हामी खेलमार्फत उनीहरूलाई अवसर र आत्मगौरव दिलाउने उद्देश्यले अघि बढेका छौं।’

सीएबीएस सन् २००४ देखि क्रिकेटसँग आबद्ध रहँदै आएको छ र पछिल्ला वर्षहरूमा पनि क्रिकेट विकासका पहलहरूमा निरन्तर सहयोग गर्दै आएको छ। जिम्बाबेले यस वर्ष ७ टेस्ट खेल खेलेको छ र दक्षिण अफ्रिका तथा न्यूजिल्याण्ड सँग त्रिकोणात्मक टी-२०आई सिरिज आयोजना गरिसकेको छ।

अब जिम्बाबेले जुलाई ३० देखि न्यूजिल्याण्डसँग दुई टेस्ट खेल्दैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो