२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य

२४ मंसिर २०८२, मंगलवार १७:५९

काठमाडौँ | सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को क्वालिफायर–वानमा मंगलबार विराटनगर किंग्ससामु १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सात विकेट गुमाएर १ सय ५५ रन बनाएको हो ।

उसका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रन बनाए । उनले ५२ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । विनोदको यस सिजन यो दोस्रो अर्धशतक हो । इनिङ्सको अन्त्यतिर आरिफ सेखले केही आक्रामक भएर १३ बलमा २० रन थपे । त्यस अगाडि आफ्नो पहिलो खेल खेलिरहेका पाकिस्तानी ओपनर मुख्तार अहजमले १० रन मात्र बनाए । यस्तै सेल्डन ज्याक्सनले पनि पहिलो खेल खेल्ने क्रममा ११ बलमा २० रन जोडे । इशान पाण्डे भने १३ रन बनाएर साम हेजलेटको बलमा आउट भए ।

नरेन भट्टले त्यसमा बाउन्ड्रीमा सनसनीपूर्ण क्याच लिए । दीपेन्द्रसिंह ऐरीले पनि धेरै ठूलो योगदान दिन सकेनन् र उनी तीन रन मात्र बनाएर रनआउट भए । हरमित सिंहले १४ रन मात्रै बनाउन सके । विराटनगरको बलरमध्ये प्रतिश जिसी र मर्चेन्ट डि ल्याङ्गेले दुई-दुई विकेट लिए । यस खेल जित्ने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले क्वालिफायर–टु खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय