२५ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै

२५ मंसिर २०८२, बुधबार १६:१५
काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको इलिमिनेटर खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा काठमाडौँले टस जितेसँगै लुम्बिनी लायन्सलाई पहिला बलिङ गर्ने निम्तो दिएको हो । यस  खेलको विजेता टोलीले भोलि विराटनगर किङ्ग्ससँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ ।
मोन्टी देसाईंको नेतृत्वमा रहेको काठमाडौँले तेस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको हो । काठमाडौँले खेलको सात खेलमध्ये पाँच खेलमा जित हासिल गरेको छ । नेट रनरेटमा पछि परेपछि काठमाडौँ पहिलो क्वालिफायर खेल्नबाट वञ्चित भएको हो ।
यता लुम्बिनी लायन्स चौथो स्थानमा रहँदै दोस्रो चरण प्रवेश गर्न सफल भएको हो । लुम्बिनीले खेलेको सात खेलमा चार खेलमा विजयी हासिल गरेको थियो । लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो ।
प्रतियोगितामा सुदूरपश्चिम रोयल्स भने प्रतियोगिताको फाइनलमा प्रवेश गरिसकेको छ । हिजो भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिमले विराटनगरलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
काठमाडौँ गोर्खाजको प्लेइङ एघारमा कप्तान करण केसीसहित आकाश त्रिपाठी, आदिल अन्सारी, शहाब अलाम, भीम सार्की, रशिद खान, सन्तोष यादव, वेन चाल्र्सवेथ, मिलिन्द कुमार, सनी पटेल र जोन सिमसन छन् ।
त्यसैगरी, यता लुम्बिनी लायन्सको प्लेइङ एघारमा कप्तान रोहित पौडेलसहित शेर मल्ल, अभिशेष गौतम, दिनेश अधिकारी, तिलकराज भण्डारी, जेज स्मित, सन्दीप जोरा, दिलीप नाथ, रूबेन ट्रम्पलम्यान, निरोशन डिक्वेला र डार्शी सर्ट छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने यमन नेता तस्करीको आरोपले साउदी–युएई तनाव राष्ट्रपतिसँग बिदाइ भेट ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य शर्त होः गृहमन्त्री काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस पेट्रो–ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय