२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलामको माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

५ बैशाख २०७५, बुधबार ०६:३०

वैशाख ५, इलाम (रासस) | इलामको ठूलो टुँडिखेलमा वैशाख ६ गतेदेखि सञ्चालन हुन लागेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । 

वैशाख ६ देखि १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा दर्शकका लागि बाँसको प्यारापिट निर्माण गरिएको छ । करीब १० हजार दर्शक अटाउन सक्ने क्षमताको प्यारापिट निर्माण गरिएको आयोजक माईभ्याली फुटबल क्लबका अध्यक्ष धीरेन चेम्जोङले जानकारी दिनुभयो । यसवर्ष रु आठ लाख खर्चेर प्यारापिट निर्माण गरिएको हो । 

यसपालि नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहनेछ । भारतको दुर्गापुर स्टिल क्लब, सिक्किम युनाइटेड, बंगलादेशको एएचएम कामारुजमान, त्रिभुवन आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, संकटा, थ्रीस्टार, मनाङ–मस्र्याङ्दी, झापा–११, कास्की–११ र आयोजक माइभ्याली फूटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । 

विजेताले नगद रु छ लाख ६६ हजार ६६७ र उपविजेताले रु चार लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले यमाहाको १५० सिसीको मोटरसाइकल प्राप्त गर्नेछन् । त्यसैगरी, सर्वाधिक गोलकर्ताले नगद रु २५ हजार र म्यान अफ दि म्याचले जनही रु १० हजार प्राप्त गर्नेछन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…