२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

अन्नपूर्ण म्याराथनमा रिमाल प्रथम

२०७५, २० जेष्ठ आईतवार १०:१९

जेठ २०, पोखरा | अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम हुनुभएको छ । 

म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । 

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आज अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गर्नुभयो । उनले रु एक लाख पुरस्कार पाए । 

यस्तै तामाङले चार घण्टा १७ मिनेट ४२ सेकेन्ड तथा श्रेष्ठले चार घण्टा २० मिनेट ३८ सेकेन्डमा उक्त दुरी पार गर्नुभयो । तमाङले रु ७० हजार तथा श्रेष्ठले रु ५० हजार पुरस्कार पाए । 

त्यस्तै म्याराथनमा १० जनाभित्र रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइवा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थारु र दामोदर बुढामगर सफल हुनुभएको छ । म्याराथनका कान्छा धावक घान्द्रुकका १६ वर्षीय अनिल गुरुङले ११आँैं स्थान हासिल गरे । 

अन्नपूर्ण आधार शिविरबाट शुरु भएको म्याराथन दौड माछापुच्छ्रे-आधारशिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भांैसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न भएको थियो । म्याराथनका विजेतालाई महोत्सवको तेस्रो चरणको कार्यक्रम समापन समारोहका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा