२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपाधि होडमा मनाङलाई चुनौती

२०७५, ५ पुष बिहीबार ०७:२६

  कुमार चौलागाई   पुस ५, काठमान्डौ (रासस) |  जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लबलाई चुनौती अब सङ्कटा क्लब मात्र रहेको छ । 

बुधबार त्रिभुवन आर्मी क्लब र थ्रीस्टारबीचको खेल बराबरीमा सकिएसँगै अब मनाङको चुनौती सङ्कटा क्लब मात्र रहेको छ । यसअघि उपाधि होडमा रहेको थ्रीस्टार उपाधि होडबाट बाहिरिएको हो । 

लिगअन्तर्गत नवौँ चरणका खेल सकिँदासम्म मनाङ शत प्रतिशत नतिजासहित २७ अङ्कको साथ तालिकाको शीर्ष स्थानमा छ । मनाङलाई पच्छ्याइरहेको सङ्कटाको २४ अङ्क रहेको छ । लिगमा अब सबै क्लबले चार÷चार खेल मात्र खेल्न बाँकी छ । 

मनाङ अब दशौँ चरणमा नेपाल पुलिस, ११ औँ चरणमा सङ्कटा, १२ औँ चरणमा हिमालयन शेर्पा र १३ औँ चरणमा फ्रेन्ड्स क्लबसँग खेल्न बाँकी छ । सङ्कटाले १० औँ चरणमा ब्रिगेड ब्वाइज, ११ औँ चरणमा मनाङ मस्र्याङ्दी, १२ औँ चरणमा थ्रीस्टार र १३ औँ चरणमा सशस्त्र प्रहरीको एपिएफसँग खेल्नेछ । 

मनाङका प्रशिक्षक सुमन श्रेष्ठले नवौँ चरणको खेल समाप्तिपछि अब उपाधि जित्न मनाङलाई कसैले रोक्ने नसक्ने प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “हामीले लिगका लागि अन्य क्लबको तुलनामा धेरै लगानी गरेका छौँ, लगानीअनुसार प्रतिफल हामीले पाउनुपर्छ ।” 

नवौँ चरणका खेल सकिँदासम्म २२ अङ्कका सात थ्रस्टार तेस्रो, १८ अङ्कका साथ त्रिभुवन आर्मी चौथो, १५ अङ्कसहित नेपाल पुलिस पाँचौँ, १४ अङ्कका साथ हिमालयन शेर्पा छैटौँ, १३ अङ्कका साथ च्यासल युथ क्लब सातौँ स्थानमा छन् । 

यसैगरी १३ अङ्कका साथ एपिएफ आठौँ, १० अङ्कका साथ सरस्वती नवौँ, आठ अङ्कका साथ जावलाखेल युथ क्लब १० औँ, ब्रिगेड ब्वाइज, फ्रेन्डस, मछिन्द्र र न्युरोड टिम (एनआरटी) क्रमशः ५, ५, ३ र १ अङ्कसहित ११औँ, १२ औँ, १३ औँ र १४ औँ स्थानमा छन् । 

लिगको कूल ९१ खेलमध्ये हालसम्म ६२ खेल सकिसकेको छ भने अब २९ खेल बाँकी रहेका छन् । 

मछिन्द्र र एनरआरटी अझै जितविहीन 

नवौँ चरणको खेल सकिँदासम्म मछिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) अझै जितविहीन छन् । मछिन्द्रले नौमध्ये छ खेलमा पराजित हुँदा तीनवटा बराबरी गरेको छ भने एनआरटीले आडमा पराजय ब्योहोर्दा एउटा खेलमा बा बराबरी गर्न सकेको छ तर, रेलिगेशनबिनाको लिग हुनाले उनीहरूलाई केही राहत भने मिलेको छ । तालिकाको अन्तिममा रहे पनि उनीहरू बि डिभिजनमा घटुवा हुने छैनन् । 

गत असोज १३ गतेदेखि शुरु भएको लिग यही पुस १७ गते सकिनेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्री स्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, सङ्कटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले सहभागिता जनाएका छन् । लिगको विजेताले रु ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउनेछन् । 

लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन् । फेयर प्ले टिमले एक लाख पाउने छन् । 

‘न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता’ पुस २५ देखि

दोस्रो संस्करणको न्यू डायमण्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही पुस २५ गतेदेखि हुने भएको छ । 

आयोजक न्यू डायमण्ड स्पोर्टस क्लबले आज बिहान पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिता यही पुस २५ देखि २८ गतेसम्म काठमाडौँमा सञ्चालन गरिने जानकारी दिएको हो । 

प्रतियोगिताका सबै खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा हुनेछ । प्रतियोगितामा छदेखि आठ टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीको नामावली केहीदिनभित्रै सार्वजनिक गर्ने क्लबले जनाएको छ । 

प्रतियोगिताको विजेताले उपाधिसहित रु तीन लाख र उपविजेताले रु दुई लाख र तेस्रो हुनेले रु एक लाख एक हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले रु १५ हजार प्राप्त गर्नेछ । व्यक्तिगत विधाका उत्कृष्टले जनही रु पाँच÷पाँच हजार प्राप्त गर्नेछन् । 

प्रतियोगितामा सहभागी हुने उपत्यका बाहिरका टोलीलाई खान, बस्न र यातायात खर्चको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको कूल बजेट करीब २३ लाख रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी