2026-09-28 11:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल

2026-06-25

काठमाडौँ | शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति मन्त्रालय स्पष्ट र विश्वस्त रहेको बताएका छन् । नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरिएको दाबी गर्दै उनले आवश्यक जनशक्ति थपेर तथा प्रशासनिक झन्झटहरू छोट्याएर तोकिएकै समयमा नतिजा ल्याइएको स्पष्ट पारेका हुन् ।

नतिजा प्रक्रियालाई लिएर भइरहेको आन्दोलनप्रति संकेत गर्दै मन्त्री पोखरेलले शान्तिपूर्ण रूपमा धारणा राख्न पाउने लोकतान्त्रिक अधिकारको मन्त्रालयले सम्मान गर्ने बताएका छन् । आन्दोलनरत विद्यार्थीहरूलाई लक्षित गरी सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा आएका नकारात्मक र असम्मानजनक टिप्पणीहरूप्रति मन्त्री पोखरेलले गम्भीर ध्यानाकर्षण भएको बताउँदै शान्तिपूर्ण आन्दोलनमा रहेका कुनै पनि व्यक्ति वा समूहमाथि सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा असम्मानजनक शब्द प्रयोग नगर्न अनुराेध समेत गरेका छन् ।

सँगसँगै, परीक्षा प्रणालीको विश्वसनीयता कायम राख्न मन्त्रालयले एउटा विशेष समिति गठन गरेको समेत उनले बताएका छन् । गठित समितिले परीक्षाको उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण (नमूना जाँच) गर्नुका साथै विद्यार्थीहरूको प्राप्तांक र डेटा इन्ट्रीको प्रमाणीकरण गर्ने मन्त्री पोखरेलले बताए । बिहीबार विद्यार्थीहरुले परीक्षाकाे उत्तरपुस्तिका परिक्षण प्रक्रियामाथि असन्तुष्टि जनाउँदै माइतीघरमा प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक भारतीय नागरिक पक्राउ एकैदिन तोलामा पाँच हजार रूपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच? चार दिनको अविरल वर्षाले सडक सञ्जाल प्रभावित, दर्जनौँ सडकमा यातायात ठप्प कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह