Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

१६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

By Sajha Sabal 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजापुर नगरपालिका–३ सेन्द्रा निवासी ५५ वर्षीय बाधुराम थारू रहेका छन् ।

बाधुरामले ती बालिकामाथि जबर्जस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।