२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

IPL: ब्यांग्लोर र राजस्थान बीचको खेल रद्द, ब्यांग्लोर प्लेअफको सम्भावनाबाट बाहिरियो

२०७६, १७ बैशाख मंगलवार २०:००

वैशाख १८, काठमाडौँ | आईपीएल सिजन १२ को ४९ औं म्याच मंगलवार एम चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स ब्यांग्लोरले राजस्थान रोयल्सबीच खेल बर्षाको कारण प्रभावित भयो । बर्षा रोकिएपछि ५/५ ओभरमा समेटिएको खेल खेल्न नेपाली समय अनुसार ११: ४१ बजे दुवै टिम मैदानमा उत्रिएका थिए ।


पहिलो इनीङको खेलमा रोएल च्यालेन्जर्स ब्यांग्लोरले ब्याटिङ गर्दै राजस्थानलाई ६३ रनको लक्ष्य प्रस्तुत गर्यो तर दोश्रो इनीङको ३.२ ओभरको खेल चल्दै गर्दा पुन: बर्षा सुरु भएपछि खेल रद्ध भयो र दुवै टिमले १/१ अंक बाँडे । खेल प्रभावित भएर यस सिजनमा पहिलो पटक खेल स्थगित भएपछि खेलमा सबैभन्दा कम अंक पाएर पुछारमा रहेको रोयल च्यालेन्जर्स ब्यांग्लोर यस सिजनमा प्लेअफमा पुग्ने सम्भावनाबाट वाहिरिएको छ । राजस्थान रोयल्स भने अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । 

बर्षाको कारण ५/५ ओभरमा सिमित भएको खेलमा ब्यांग्लोरले पहिले ब्याटिङ गर्दै राजस्थान रोयल्सलाई ७ विकेटको क्षेतीमा ६३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । उसको लागि कप्तान विराट कोहलीले सबैभन्दा बढी २५ रन बनाए । खेलमा राजस्थानका श्रेयस गोपालले बिराट कोहली, एबी डेभिलिएर्स र मार्क्स स्टोइनिसको लगातार तीन विकेट लिंदै ह्याट्रिक गरे । 

माथिको तश्वीरमा: राजस्थानका श्रेयस गोपाल

खेलमा ब्यांग्लोरको सुरुवाती निकै राम्रो भएको थियो । खेलमा कोहली र डेभिलियर्सले पहिलो विकेटको लागि १० बलमा ३५ रनको साझेदारी गरेका थिए । डेविलियर्सले ४ बलमा १० रन बनाएर आउट भए । त्यसपछि स्टोइनिस खातानै नखोली पवेलियन फिर्ता भए । गुरकीरत सिंह मान ६ रन बनाएर आउट भए । उनलाई रियान परागले आउट गरेका हुन् । त्यस्तै पार्थिव पटेल ९ रन बनाएर जयदेव उनादकटमार्फत पवेलियन फर्किए । खेलमा ब्यांग्लोरका लागि हेनरिक क्लासेनले ६ रन, गुर्किरात मान सिङले ६ रन, पवन नेगीले ४ रन बनाए । यसरी ब्यांग्लोरले ६२ रन जोडेको थियो । खेलमा ब्यांग्लोरको ७ विकेट लिने क्रममा १/१ ओभर खेलेका राजस्थानका श्रेयस गोपालले ३ विकेट, ओसान थोमसले २ विकेट, रियन परागले १ विकेट र जयदेव उनादकटले १ विकेट लिएका थिए । 

त्यसपछि ब्यांग्लोरले दिएको ६३ रनको लक्ष्यलाई पछ्याउने क्रममा मैदानमा ब्याटिङको लागि उत्रिएको राजस्थानको लागि संजु सामसनले २८ रन जोडे भने लिम लिभिङस्टोनले नटआउट १२ रन जोडेका थिए । ३.२ ओभरको खेल खेल्दै गर्दा बर्षा सुरु भएपछी रेफ्रीहरुले खेल रद्द गर्ने घोषणा गरे र दुवै टिमलाई समान १/१ अंक प्राप्त भयो । जुन अंकले ब्यांग्लोरलाई यस सिजनको प्ले अफमा पुग्ने मौकाबाट आउट गरिदियो । 


आइपीएल सिजन १२ को ४९ औं खेलसम्म आईपुग्दा हाल दुई टिम दिल्ली क्यापिटल र चेन्नई सुपर किंग्स प्ले अफमा उक्लीईसकेका छन् । बाँकी ५ टिमको प्ले अफमा पुग्ने संघर्ष जारी रहनेछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्व तनावका बीच कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघ्यो इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान अब सीआईबीले गर्ने खैरो हेरोइनसहित दुई युवक पक्राउ नाबालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ सोविता गौतमको चुनाव खर्च विवरण सार्वजनिक काठमाडौँमा खाना पकाउने ग्यास अभाव निर्वाचनमा हारपछि परिणाम स्वीकार्दै जनताको सेवामा निरन्तर रहने ओलीको प्रतिबद्धता सुन चाँदीको मूल्य घट्यो यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने