७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज नेपाल र म्यान्मा भिड्दै

२१ कार्तिक २०७६, बिहीबार ०७:२५

कात्तिक २०, काठमाडौँ | कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

म्यान्माको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यान्माको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजे शुरु हुनेछ । 

म्यान्मासँग नेपालले यसअघि एकपटक प्रतिस्पर्धा गरेको थियो जसको नतिजा म्यान्माको पक्षमा थियो । सन् २००८ मा भारतको हैदरावादमा भएको एएफसी च्यालेञ्ज कपमा नेपाल म्यान्मासँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ भने म्यान्मा समूह एफमा छ । विश्वकप छनोटको सबै अवे खेल खेलिसकेको नेपालले होम खेलअन्तर्गत पहिलो खेल कुवेतसँग आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा खेल्नेछ । विश्वकप छनोटमा नेपालले यसअघि खेलेको ४ खेलमा एक खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ । 

यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । यता समूह एफमा रहेको म्यान्माले ३ खेल खेलिसक्दा कुनै अङ्क जोड्न सकेको छैन । म्यान्माले यही कात्तिक २८ गते घरेलु मैदानमा ताजिकिस्तानको सामना गर्दैछ ।

नेपाली टोलीको गोलकिपर विकेस कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाने छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् । 

त्यस्तै मिडफिल्डरमा सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ तथा फरवार्डमा भरत खवास, विमल घर्ती मगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी