२३ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राखेप सदस्य सचिवमा सिलवाल, थापा र श्रेष्ठको नाम सिफारिस

७ श्रावण २०७७, बुधबार १७:०३

साउन ७, काठमाडौँ | राष्ट्रिय खेलकूद परिषद् (राखेप)को सदस्य सचिवका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । 

सिफारिस हुनेमा रमेशकुमार सिलवाल, लीलबहादुर थापा र अञ्जु श्रेष्ठ छन् । सिफारिस समितिले सदस्य सचिवका लागि सिलवाल, थापा र श्रेष्ठको नाम युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मासमक्ष सिफारिस गरेको हो । 

मन्त्रालयले सदस्य सचिव नियुक्तिका लागि रामप्रसाद थपलिया संयोजक तथा रिम रानाभाट र इन्दिरा निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । समितिले सदस्य सचिवका लागि गत असार २६ गते सात दिने खुला दर्खास्त आह्वान गरेको थियो । उक्त अवधिमा सदस्य सचिवका लागि तीन महिलासहित २७ जनाले निवेदन दिएका थिए । 

सदस्य सचिवका लागि सिफारिस गरिएका सिलवाल यसअघिका सदस्य सचिव हुन् । यस्तै अर्का व्यक्ति थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हुन् । सिफारिस गरिएकी श्रेष्ठ राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान हुन् । अब मन्त्रालयले तीनै जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्नेछ भने मन्त्रिपरिषद्को बैठकले राखेपको नयाँ सदस्य सचिवको निर्णय गर्नेछ । 

खेलकूद विकास ऐन २०७७ मा सदस्य सचिवका लागि मन्त्रालयले गठन गरेको समितिले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधानको व्यवस्था गरेको छ । यसअघि युवा तथा खेलकूदमन्त्रीले राखेप सदस्य सचिव सोझै नियुक्त गर्न मिल्ने ऐनमा व्यवस्था थियो । राखेप सदस्य सचिव बन्नका लागि नयाँ ऐनमा ३० वर्ष उमेर पूरा भएको, नेपाली नागरिक भएको, स्नातक तह उत्तीर्ण भएको, खेलकूदका क्षेत्रमा पाँच वर्ष काम गरेको तथा प्रचलित कानूनले अयोग्य ठहर नभएको व्यक्ति हुनुपर्ने प्रावधान छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले केन्द्रीय कमिटीमा खिमलालले भने- मीनबहादुरलाई धन्यवाद भनौं र जग्गा फिर्ता दिऔं प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ? प्रधानमन्त्री ओलीले भने- संविधान संशोधन ०८७ मा हुन्छ बुटवलमा नवजात शिशु डम्पिङ्ग साइटमा मृत फेला ओलीलाई गगनको सुझावः मन्त्री कांग्रेसको होस् कि एमालेको, गलत गर्छ भने मिनेटभरमा बर्खास्त गर्न सक्नुपर्छ देउवालाई भेट्न बूढानीलकण्ठ पुगे लिङ्देन ‘पटक-पटक कम्पन हुँदैमा ठुलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’: भूकम्पविद् नेप्सेमा सामान्य सुधार, दुई कम्पनीको मूल्यमा सकारात्मक सर्किट भूकम्पका कारण नेपालमा १३ जना घाइते सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ भागदौडको घटनामा घाइते बालकलाई भेट्न पुगे अल्लु, कस्तो छ बालकको अवस्था ? प्रतियोगिता सकिएको दुई महिनापछि महिला फुटबल खेलाडीले पाए जनही ३ लाख पुरस्कार तिब्बत भूकम्प: ज्यान गुमाउनेको संख्या ९५ पुग्यो (अपडेट) किशोरी बलात्कार अभियोगमा बिर्तामोडका पूर्वमेयर जेल चलान त्रिभुवन विमानस्थलबाट ५ तोला भन्दा बढी सुनसहित एक जना पक्राउ आजको भूकम्पबाट नेपालमा मानवीय क्षति भएको छैन: नेपाल प्रहरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न सर्वोच्च अदालतमा रिट दर्ता रास्वपाका नगर उपसभापति एमाले प्रवेश तेस्रो लिङ्गीको अन्तिम संस्कार: कसैले नदेख्ने गरी राती गरिन्छ, शवलाई जुत्ताले हिर्काइन्छ! धनुषपछि नयनताराविरूद्ध ‘चन्द्रमुखी’ टिमले पनि पठायो लिगल नोटिस