७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फुटबलको बन्द प्रशिक्षणबाट विमल घर्ति मगर सहित १४ खेलाडी बाहिरिए

१८ पुष २०७७, शनिबार ०९:३१

पुस १८, काठमाडौँ | राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो ।

राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट गरिएको जानकारी दिनुभयो । बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्ति मगर, राजिव लोप्चन, विमल राना, सुमन अर्याल, अमित तामाङ, देव लिम्बू, रन्दिप पौडेल, दिपेश आले मगर, जय गुरुङ, नितिन थापा, रजत तिवारी, राजेश परियार, प्रिजन तामाङ र रेजिन सुब्बा रहेका छन् । 

लामो समय मैदान बाहिर रहेर टोलीमा स्थान बनाएका घर्ती मगर चोटका कारण बाहिरिनुभएको हो । अभ्यासका क्रममा उहाँलाई गम्भीर चोट लागेको हो । उहाँको उपचार कतारमा गरिने एन्फा प्रवक्ता किरण राईले जानकारी दिनुभयो । चोटबाट मुक्त भएपछि भने टोलीमा फर्कने एन्फाले जनाएको छ । 

विश्वकप छनोट खेलका लागि एन्फाले खेलाडीलाई सातदोबाटोस्थित प्रशिक्षण केन्द्रमा बन्द प्रशिक्षणको व्यवस्था गरेको छ । कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबल तथा चीनमा सन् २०२३ मा हुने एशियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली अभ्यासमा जुटेको हो । नेपालले अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेसँग खेल्न बाँकी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट