२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जितपछि अस्ट्रेलियाका खेलाडीको ‘अनौठो’ उत्सव, जुत्तामा हालेर बियर पिए

२०७८, २९ कार्तिक सोमबार ०७:३२

कात्तिक २९, काठमाडौं | अष्ट्रेलियाले टी-२० विश्वकप २०२१ को उपाधि जितेको छ। एकदिवसीय विश्वकपको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाको यो पहिलो टी-२० विश्वकप हो। 

आइतबार दुबईमा भएको फाइनलमा आरोन फिन्चको नेतृत्वमा रहेको टोलीले न्युजिल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो। जितपछि अस्ट्रेलियाले खुसीयाली मनायो। टोलीको उत्सव हवाइजहाजमा पनि जारी थियो।

अष्ट्रेलियालाई जितका लागि १७३ रन आवश्यक थियो। अस्ट्रेलियाको जितमा मिचेल मार्स र डेभिड वार्नरको अर्धशतकले महत्वपूर्ण भूमिका खेलेका थिए। यो जितसँगै अस्ट्रेलियाले टी-२० विश्वकपअघि लगातार पाँचवटा द्विपक्षीय शृङ्खलामा पराजयको दुःख पनि बिर्सेको छ। 

अस्ट्रेलियाली टिमको सेलिब्रेसनका तस्बिर र भिडियो भाइरल भइरहेका छन्। स्टिभ स्मिथले पनि एडम जाम्पाको प्रशंसा गर्दै सेल्फी पोस्ट गरेका छन्। अस्ट्रेलियाका खेलाडी म्याथ्यू वेड र मार्कस स्टोइनिसले जितपछि मनाइरहेको सेलिब्रेसन अनौठाे छ। यी जब वेडले आफ्नो जुत्तामा रक्सी पिए, स्टोइनिसले उनको पछाडि उस्तै विजयको उत्सव मनाइरहेको देखियो। 

ड्रेसिङ रूममा मनाइएको यस्तो उत्सवको भिडियो आईसीसीले आफ्नो ट्विटर ह्यान्डलमा पोस्ट गरेको छ। यो भिडियो सार्वजनिक भएदेखि नै निकै चर्चामा छ। यसबारे मानिसहरूले विभिन्न कुराहरू पनि गरिरहेका छन् । तर, कंगारू टोली आफ्नो जितको उत्सवमा यति मग्न छ कि उनीहरूलाई कुनै कुराको वास्ता छैन।

https://twitter.com/i/status/1460050405778284546

अष्ट्रेलियाले टस जितेर न्युजिल्याण्डलाई पहिले ब्याटिङको निम्तो दिएको थिए। कप्तान केन विलियम्सनले ४८ बलमा ८५ रन बनाए। जवाफमा अस्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन र कप्तान आरोन फिन्च मात्र पाँच रन बनाएर आउट भए। 

त्यसपछि मिचेल मार्स र डेभिड वार्नरको जोडीले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जितको दौडमा पुर्‍यायाे । वार्नर ५३ रनमा आउट भए, तर मार्सले ५० बलमा अविजित ७७ रन बनाए। अर्कोतर्फ ग्लेन म्याक्सवेल १८ बलमा २८ रन बनाएर नटआउट रहे।

जुत्तामा मदिरा पिउनुको कारण ? 


जुत्तामा मदिरा पिउनुलाई अष्ट्रेलियामा ऐतिहासिक रूपमा राम्रो भाग्य ल्याउने वा यातना वा पार्टीको रूपमा लिइन्छ। महिलाको चप्पलले स्याम्पेन र बियर पिउनु पतनको कारण मानिन्छ। यो अभ्यास अष्ट्रेलियामा अझै पनि लोकप्रिय छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी