७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

हालसम्म १३ राष्ट्रले फिफा विश्वकपमा स्थान बनाए, कुन कुन छन् ?

२ मंसिर २०७८, बिहीबार १३:३६

मङ्सिर १, काठमाडौं | आगामी वर्ष एसियाली मुलुक कतारमा आयोजना हुने फिफा विश्वकपको लागि १३ राष्ट्रले स्थान सुरक्षित गरेका छन् ।  मंगलबार राति र बुधबार बिहानको खेलसँगै पहिलो पटक कतारले आयोजना गर्ने विश्वकपमा लागि १३ मुलुकले आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेमा युरापेली छनोटका १० समूहका समूह विजेता छन् भने दुई टोली दक्षिण अमेरिकी छनोटको शीर्ष दुई रहँदा आयोजक राष्ट्रको नाताले कतारले सिधै विश्वकपमा स्थान बनाएको छ ।  

युरोपेली छनोटको समूह ‘ए’ बाट सर्वियाले सिधै विश्वकपमा स्थान बनाउँदा पोर्चुगलले प्लेअफ खेल्नुपर्नेछ । समूह ‘बी’ बाट स्पेनले स्थान बनाउँदा स्विडेनले प्लेअफ खेल्ने पक्का भएको छ । 

यता, समूह ‘सी’ मा स्विजरल्याण्डले सिधै स्थान बनाउँदा इटालीले प्लेअफ खेल्नेछ भने समूह ‘डी’ बाट साविक विजेता फ्रान्स सिधै विश्वकपमा स्थान बनाएको छ । 

यस्तै समूह ‘इ’ बाट बेल्जियमले  स्थान बनाउँदा वेल्स र चेक रिपब्लिकले प्लेअफमार्फत विश्वकपमा स्थान बनाउने मौका पाएका छन् । 

यता, समूह ‘एफ’ बाट डेनमार्कले सिधै विश्वकपमा स्थान बनाउँदा स्कटल्याण्डले प्लेअफ खेल्नेछ भने समूह ‘जी’ बाट नेदरल्याण्ड समूह विजेतासहित विश्वकपमा स्थान बनाउँदा उपविजेता टर्कीले प्लेअफ खेल्नेछ । 

यस्तै समूह ‘एच’ मा क्रोएशियाले विश्वकपमा स्थान बनाउँदा रसियाले प्लेअफ खेल्नुपर्ने भएको छ । 

यता, समूह ‘आई’ बाट इंग्ल्याण्ड समूह विजेता बन्दा पोल्याण्डले प्लेअफ खेल्ने भएको छ । 

यस्तै समूह ‘जे’ बाट जर्मनीले सिधै स्थान बनाउँदा नर्थ म्यासेडोनियाले प्लेअफबाट विश्वकप यात्राको मौका पाएको छ । 

अब, १० समूहका १० र दुई नेस्नल लिगका टोली गरी जम्मा १२ टोलीले प्लेअफमार्फत विश्वकप खेल्ने मौका पाउनेछन् । 

जसबाट तीन टोलीमात्र विश्वकपमा स्थान बनाउनेछन् । मार्चमा हुने प्लेअफको खेलमा १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ र जसको विजेताले विश्वकपमा स्थान बनाउनेछ । 

यता, एसिया र अमेरिकासहित अफ्रिकाको छनोट हुने टोलीको पक्का नहुँदा दक्षिण अमेरिकाबाट भने ब्राजिल र अर्जेन्टिनाले विश्वकपमा स्थान बनाइसकेका छन् । 

विश्वकपमा स्थान सुरक्षित गरेका राष्ट्र

बेल्जियम, क्रोएशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, सर्विया, स्पेन, स्विजरल्याण्ड, ब्राजिल, अर्जेन्टिना, कतार (आयोजक) 

प्लेअफ खेल्ने टोली

पोर्चुगल, स्कटल्याण्ड, इटाली, रसिया, स्विडेन, वेल्स, टर्की, पोल्याण्ड, नर्थ म्यासेडोनिया, युक्रेन, अष्ट्रिया, चेक रिपब्लिक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या