२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला नेपाललाई

२०७८, २ मंसिर बिहीबार १४:०३

मङ्सिर १, काठमाडौं | नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ । 

बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो । 

योसँगै नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १३० रनको लक्ष्य पछ्याएको कतार १९.३ ओभरमा ६८ रनमा सीमित भएको थियो ।

कतारका लागि कप्तान आयसाले सर्वाधिक २४ रन जोडिन् ।

नेपालकी सरस्वती कुमारीले ४, रुबिना क्षेत्रीले २ तथा संगीता राई, सबनम राई र कविता जोशीले समान एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले कप्तान रुबिना क्षेत्रीले अर्धसतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रनको योगफल खडा गरेको थियो ।

नेपालका लागि रुबिनाले ४८ बलमा चार चौका र एक छक्का मद्दतमा ५० रन जोडिन् । त्यस्तै ओपनर कविता कुँवरले ३१ रन र अप्सरी बेगमले अविजित २३ रन बनाइन्  । 

कतारकी एन्जेली मरेले दुई विकेट लिइन भने अलिना खान र साबिजा पनायनले समान एक विकेट लिए । आइसिसी महिला टी ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारीमा लागि नेपाली टोलीले कतार भ्रमणमा निस्किएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो विभिन्न देश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा पाँचजना पक्राउ हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो: केपी शर्मा ओली राजस्व छलीको आशङ्कामा छापा मार्न पुगेको संयुक्त टोली र व्यापारीबीच झडप