७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

कतारविरुद्धको तीन खेलको शृंखलामा नेपालको ऐतिहासिक ‘क्लिन स्वीप’

२ मंसिर २०७८, बिहीबार १४:१५

मङ्सिर २ , काठमाडौं | नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको तिन अन्तरराष्ट्रिय टी– ट्वान्टी क्रिकेट शृंखला 'क्लिन स्विप' गरेको छ ।

कतारको दोहामा भएको तिन शृंखला जित्दै नेपालले ऐतिहासिक सफलता हात पारेको हो ।  बिहीबार भएको  तेस्रो तथा अन्तिम टी–ट्वान्टी खेलमा कतारलाई १०९ रनले हराउँदै नेपालले शृंंखला ३–० ले आफ्नो पक्षमा बनाएको हो । 

नेपालले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५५ रनमा समेटियो । 

कतारका ब्याटर अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरिन् । नेपालका बलर रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १ विकेट हात पारे ।

यसअघि नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १६४ रनको कीर्तिमानी योगफल बनाएको थियो । नेपालकी ब्याटर सीता राना मगरले अविजित ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । यस्तै ज्योति पाण्डेले २४ तथा डोली भट्टले १२ रन बनाइन् ।

यसअघि नेपालले पहिलो खेलमा कतारलाई ११९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो । 

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेल खेलेको हो ।  

विश्वकप छनोट २२ देखि २८ नोभेम्बर सम्म दुबईमा आयोजना हुनेछ ।  जसमा नेपालसहित  युएई, हङकङ, भुटान, कुवेत र मलेसियाले सहभागिता जनाउने छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या