६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफको पहिलो जित

२० बैशाख २०७९, मंगलवार ०८:५२

वैशाख २०, काठमाडाैं | सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । विभागीय महारथी एपिएफको यो प्रतियोगितामा पहिलो जित हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सम्पन्न महिलातर्फको अन्तिम खेलमा एपिएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित । आर्मीको यो पहिलो हार हो ।

एपीएफ यसअघि नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित गभएको थियो । आर्मीले भने पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा समान दुई खेल खेलेका एपिएफ र आर्मीले समान तीन अंक जोडेका छन् । यसअघि मंगलबारै भएको महिलातर्फको पहिलो खेलमा एभरेस्टले न्यु डायमन्डलाई ३–२ को सेटमा हराएको थियो । 

प्रतियोगितामा दुई खेल खेलेको एभरेस्टले एक र पहिलो खेल खेलेको न्यु डायमन्डले पनि एक अंक जोडेको छ । पाँच टिमको सहभागिता भएको महिलातर्फको खेलमा शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

नेपाल भलिबल संघको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिनमा पुरुषतर्फको पहिलो खेलमा आर्मी र गल्कोट स्पोर्टस् क्लबले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या