2026-09-15 11:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बागमती प्रदेश

प्रहरीले नियन्त्रणमा लियो बालिकाको शव,अन्त्येष्टि गर्न लैजाँदै थिए परिवार

काठमाडौँ । संखुवासभामा अन्त्येष्टि गर्न लैजाँदै गर्दा प्रहरीले एक जना बालिकाको शव नियन्त्रणमा लिएको छ। भोटखोला गाउँपालिका-४ सिब्रुङ बस्ने ६ वर्षीया बालिका युनिका तामाङको शव नियन्त्रणमा लिइएकोको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए।

वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइबुहारी अनिका गुरूङ ‘तामाङ’बीच झगडा भएको थियो। त्यसैबीच अनिकाले गोपालकी छोरी युनिकालाई धकेलेकी थिइन्। धकेल्दा डिलबाट लडेर युनिका घाइते भएकी थिइन्।

उपचारका लागि उनलाई नोबेल अस्पताल विराटनगरमा पुर्‍याइएको थियो। त्यहाँ उपचारको क्रममा जेठ ७ गते दिउँसो साढे १ बजेतिर उनको मृत्यु भएको थियो। उनको मृत्युपछि परिवारले शव अन्त्येष्टिको तयारी गरेको थियो। त्यसका लागि अस्पतालबाट एम्बुलेन्समा राखेर शव घरतर्फ लगेका थिए। अन्त्येष्टि गर्न लागेको खबर पाएपछि प्रहरीले बिहीबार बिहान पौने ७ बजेतिर बालिकाको शव नियन्त्रणमा लिएको हो।

शव खाँदबारी नगरपालिका-३ गुरूङचोकबाट नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए। अहिले बालिकाको शव जिल्ला अस्पताल संखुवासभाको शव गृहमा राखिएको छ। अन्त्येष्टिका तामाङलाई नियन्त्रणमा लिएको लिएर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु