२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

महायज्ञमा एक करोड २० लाख सङ्कलन

१२ बैशाख २०८२, शुक्रबार १६:४७

काठमाडौँ | शिव पुराण महायज्ञमा बिहीबारसम्म रु एक करोड २० लाख सङ्कलन भएको छ । नगरकोट भ्रमण वर्ष–२०८२ का अवसरमा धार्मिक पर्यटनको विकास गर्ने तथा १०८ फिट अग्लो कल्पेश्वर महादेवको मूर्तिसहित कल्पेश्वरधाम निर्माणका लागि उक्त महायत्र आयोजना गरिएको हो ।

चाँगुनारायण नगरपालिका–८ कलमसीमा कालिका कल्पेश्वरधाम निर्माण गर्ने र त्यही महादेवको मूर्ति स्थापना गर्ने सङ्कल्पका साथ यही वैशाख २ गतेदेखि महायज्ञ आरम्भ भएको हो । चाँगुनारायण–८ का वडाअध्यक्ष एवं महायज्ञ आयोजक समितिका संयोजक जनक खत्रीका अनुसार कलमसीमा करिब ८० रोपनी क्षेत्रफलमा महादेवको मूर्तिका साथै त्यस वरिपरि एक हजार आठ शिवलिङ्ग स्थापना गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यस स्थानमा कल्पेश्वरधाम निर्माणका लागि गुरुयोजना निर्माण गरी करिब रु ६ करोडको लागतमा विभिन्न संरचना निर्माण भइसकेका छन् । महादेवको मूर्ति निर्माण गर्न दाताको सहयोग प्राप्त भइरहेको छ ।”

कल्पेश्वर महादेव मन्दिर नगरकोट भ्यू टावरबाट नजिकै रहेको छ । यहाँबाट काठमाडाँै उपत्यकालगायत काभ्रको नाला, बनेपा धुलिखेलसम्मको दृश्यावलोकन गर्न सकिन्छ । कलमसी क्षेत्र चाँगुनारायण–८, ९ र बनेपा नगरपालिका–१ को सङ्गमस्थल हो । यस क्षेत्रमा नागकुण्ड, गोसाइँकुण्ड, २७ धारा, नारायण कुण्डलगायतका धार्मिक संरचना रहेका छन् । यस क्षेत्र आसपास पूर्वमा पुण्यवती नदी, सपनेश्वर महादेव मन्दिर, दक्षिणमा ठूली ब्रह्मायणी मन्दिर, बालकुमारी मन्दिर, पश्चिममा सरस्वती मन्दिर, मणिकर्णिका धाम, वाल्मीकेश्वर महादेव, बागेहिणी महादेव, थाकलमोठस्थित लोकेश्वर महादेव मन्दिर र उत्तरमा रजपुरेश्वर महादेव मन्दिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का