२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुर र काठमाडौँमा खट जात्रा मनाइयो

१५ बैशाख २०८२, सोमबार १३:५३

काठमाडौँ | चाँगुनारायण मन्दिरमा पाँच दिनसम्म सञ्चालन हुने चाँगुनारायण खट जात्रासहित चाँगुनारायण, छिन्नमस्ता र किलेश्वर महादेवको जात्रा भव्य रुपमा मनाइएको छ ।

पाँच दिनअगाडि निम्तो पूजा दिएर सुरु हुने यो जात्रा त्रयोदशीदेखि सुरु भएर मातातीर्थका दिन खटजात्रा गरी अक्षय तृतीयासम्म पाँच दिन मनाइने चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपध्यायले जानकारी दिनुभयो । यो जात्रालाई भेदभाव मुक्त जात्राका रुपमा समेत लिने गरिन्छ । वैशाख कृष्ण त्रयोदशीको बिहानै तल्लो जाति अर्थात् कसाई जातिले निमन्त्रणा पूजा गरेपछि यो जात्रा आरम्भ हुने भएकाले लिच्छविकाल र मल्लकालमा कुनै भेदभाव थिएन भन्ने विश्वास गर्न सकिने उहाँले बताउनुभयो ।

जात्राको पहिलो दिन कसाई जातिले चाँगुनारायणबाट बाजागाजासहित काठमाडौँको डाँछीस्थित कान्तिभैरवमा गई पूजा गर्छन् । दोस्रो दिन भात पकाई भातबाटै भैरव, कालीलगायतका देवताको प्रतीक बनाएर पूजा गर्छन् । चाँगुनारायण मन्दिरभित्रको छिन्नामस्ता (टाउको नभएकी देवी) बाट भैरवको मूर्ति र भातबाट बनाइएका देवतालाई कान्तिभैरव मन्दिरमा लगेर पूजा गरिन्छ । यसो गरेमा अनिकाल कहिल्यै नहुने विश्वास रहेको पुजारी राजोपाध्यायले बताउनुहुन्छ । त्यसै दिन कान्तिभैरवबाट मूर्तिलाई चाँगुनारायण ल्याई काली, भैरवसँगै राखी पूजा गरिन्छ ।

वैशाख कृष्णपक्ष त्रयोदशीका दिन नाइके खलकले चाँगुनारायण, किलेश्वर महादेव र कान्तिभैरव देवताको खटजात्रा भव्य रूपमा मनाउन नायिखं बाजा बजाई झ्याली पिट्दै नगर परिक्रमा गर्ने परम्परा छ ।

मातातीर्थ औँसीका दिन चाँगुनारायण, किलेश्वर महादेव र कान्तिभैरव (कालभैरव) को खटजात्रा गरेर इकुटोलमा पु¥याएर स्थानीयको पूजाका लागि राख्ने गरिन्छ । त्यस दिन स्थानीयले देवतालाई विधिपूर्वक पूजा गरिसकेपछि चाँगुनारायण र किलेश्वर महादेवको खटजात्रा भव्य रूपमा मनाइएको छ ।

विभिन्न गुठीका गुठियारले धिमे, नायिखं, दाफा र विभिन्न बाजा बजाउँदै जात्रा गर्दै बलम्बु टोलमा देवतालाई राख्ने प्रचलन छ । भैरवलाई बलि दिएर पूजा गर्ने र चाँगुनारायण एवं किलेश्वर महादेवलाई नैवेद्य चढाएर पूजा गरिएको छ ।

आज वैशाख शुक्लपक्ष प्रतिपदाका दिन भट्टवारीबाट मतयाः गर्ने भन्दै बत्ती झलमल पारेर बाल्ने र राजारानीको प्रतीकका रूपमा देवतालाई विभिन्न किसिमका गहनाले सिँगारेर बाजा बजाउँदै नगर परिक्रमा गराएर जात्रा मनाइँदै छ ।

राति देवताका खट बोकेर बाजा बजाउँदै रातभर जात्रा गरिन्छ भने बलि दिएर देवताका पूजा गरिन्छ । यो प्रक्रिया पाटनका राजा योगनरेन्द्र मल्लले गरेको विश्वास गरिन्छ । छोराको मृत्युपछि विरक्तिएका राजा ३२ रानीसहित चाँगुनारायणमा बस्न आएका र उनीहरू पनि यस जात्रामा सहभागी भई बाजागाजासहित गाउँ परिक्रमा गरेको किंवदन्ती रहेको छ । त्यही साँझ मत् (दियो) जात्रा गरी बाजागाजासहित आरती गर्ने प्रचलन छ ।

वैशाख शुक्ल द्वितीयाका अर्थात् भोलि मङ्गलबार कान्तिभैरवलाई नगर परिक्रमा गराएर काठमाडौँको डाँछी, ब्रह्मखेल, नयाँगाउँ, भद्रवासदेखि साँखुसम्म लगेर रातभर त्यही राखेर जात्रा गरिने र भोलिपल्ट मात्रै चाँगुनारायण फर्काउने मूल पुजारी रोजोपाध्यायले बताउनुभयो । यसरी जात्रा गर्दा चाँगुनारायण र किलेश्वर महादेवको खटलाई भुइँमा बिसाउनु हुँदैन भन्ने किंवदन्तीअनुसार रथ बोकेरै जात्रा गरिन्छ ।

अक्षय तृतीयाका दिन चाँगुनारायण, किलेश्वर महादेव र कान्ति भैरवका खट लहरै चाँगुमा बिसाएर राख्ने गरिन्छ । यहाँ बिहानैदेखि दिनभरि नै देवताको पूजा गर्न भक्तजनको भीड लाग्ने गर्दछ । उक्त दिन साँझ तीनवटै खटमा झल्लर फुलेका माला र पताः चढाएर सिँगारेर खटजात्रा गरिन्छ भने जात्रा सम्पन्न गरेसँगै देवतालाई देवघरमा भित्र्याउने परम्परा रहेको मूल पुजारी राजोपाध्यायले जानकारी दिनुभयो ।

जात्राका बारेमा स्वयम्भू महापुराणमा उल्लेख गरेअनुसार परापूर्वकालमा श्री किलेश्वर महादेवलाई समन्तभद्र बोधिसत्वको प्रतीकका रूपमा र नैरात्मा गुह्येश्वरीको प्रतीकका रूपमा कान्तिभैरवलाई लिएर चाँगुनारायण र काठमाडौँवासीले जात्रा मनाउने गरेका थिए । त्यसबेलादेखि नै दुई जिल्लाबीच यो जात्रासँगै चल्ने गरेको बताइन्छ । बौद्ध र हिन्दूको बीचमा जात्रामा समन्वय भएको महापुराणमा उल्लेख रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान