६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

जगाती-डोलेश्वर-साँगा सडक निर्माण सुरु

३ जेष्ठ २०८२, शुक्रबार १५:०८

काठमाडौँ | भक्तपुरको जगाती-डोलेश्वर-आशापुरी-काक्राबारी-साँगा झोलुङे पुल सडक निर्माण सुरु भएको छ । बागमती प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट विनियोजित रु १६ करोड बजेटको लागतमा निर्माण हुने सडकको आज बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के र बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले संयुक्त रूपमा शिलान्यास गर्नुभयो ।

सूर्यविनायक नगरपालिका– वडा नं. ८ र ९ को दुर्गम बस्तीलाई जोड्ने यो सडक दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ बहुवर्षिय आयोजनाअन्तर्गत निर्माण सुरु भएको मन्त्री मास्केले बताउयनुभयो । उहाँले सडक निर्माणले यहाँको पर्यटन विकास र स्थानीयको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्यमन्त्री थापाले सडक निर्माण पूरा भएमा यो क्षेत्र धार्मिक पर्यटकको मुख्य केन्द्र बन्ने बताउनुभयो । उहाँले हाल जगातीबाट डोलेश्वर हँुदै आशापुरी जाँदा गाडी फर्केर नआएसम्म के भयो होला भनेर डराउनुपर्ने अवस्था रहेकाले सडक निर्माणपछि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर आउने धार्मिक पर्यटकलाई पौराणिक इतिहास बोकेको आशापुरी मन्दिर पुग्न सहज हुने बताउनुभयो ।

सहरी विकास मन्त्रालयबाट रु दुई करोड ५५ लाख विनियोजित बजेटबाट जगातीबाट गणेश स्कुल हँुदै डोलेश्वर जाने सडकको स्तरोन्नति सुरु भएको मन्त्री थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विसं २०६२ अगाडि यो क्षेत्रमा सडक पुगेको थिएन । त्यसबेलामा म तत्कालीन जिल्ला विकास समितिको सदस्य थिए, त्यहीबाट बजेटको व्यवस्थापन गरेर सुरु गरेको सडक अहिले आठ मिटर चौडासहित कालोपत्र हुने भएपछि निकै खुसी छु ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता