२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

त्रिलोकेश्वर महादेव मन्दिरमा भोलिदेखि एक महिने श्रावणी महोत्सव हुने

२०८२, ५ श्रावण आईतवार १३:०९

काठमाडौँ | चाँगुनारायण नगरपालिका-७ बागेश्वरीस्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने एक महिने श्रावणी महोत्सव एवं शिवपुराण तथा नारायणपुराण महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।

‘नगरकोट भ्रमण वर्ष-२०८२’ को अवसर पारेर बागेहिटी संरक्षण समितिद्वारा यही साउन ५ गते सोमबारदेखि बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने श्रावणी महोत्सको तयारी पूरा भएको आज सञ्चारकर्मीलाई जानकारी दिइएको हो ।

नगरकोट भ्रमण वर्षको अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र धार्मिक पर्यटकीय क्षेत्रको पहिचान एवं प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको श्रावणी महोत्सवमा सहभागी भई सफल पार्न चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सम्पूर्ण सर्वसाधारण तथा पर्यटकलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “चाँगुनारायण नगरपालिका क्षेत्र पर्यटकीय प्राकृतिक दृष्टिकोणले सुन्दर मात्रै नभइ धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अद्भूत छ । यहाँको रत्नागिरि पर्वत, वडा नं १ देखि ९ सम्मका धार्मिक एवं ऐतिहासिक क्षेत्र, मठमन्दिर र शिवालय सुन्दर छन् । भ्रमण वर्षले यस्ता मठमन्दिर तथा सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा दिनेछ । साउन महिनामा प्रत्येक वडामा रहेका शिवालयमा लाग्ने मेलाको वडागत रूपमा प्रचार गर्न र सहभागी हुन नगरवासीमा आग्रह गर्दछु ।”

नगरभित्रका ऐतिहासिक, धार्मिक क्षेत्र, मठमन्दिरको प्रचारप्रसार, संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाअनुसार काम भइरहेको नगरप्रमुख खत्रीले बताउनुभयो । तीन तले महादेवको नाममा प्रसिद्ध त्रिलोकेश्वर महादेव मन्दिरमा श्रावणी महोत्सवसँगै साउन ५ गतेदेखि १७ गतेसम्म शिवपुराण ज्ञान महायज्ञको आयोजना हुने आयोजक मूल समारोह समितिका रमेश अधिकारीले जानकारी दिनुभयो ।

यही साउन ५ गतेदेखि २६ गतेसम्म आयोजना हुने महोत्सवमा साउन ५ गतेदेखि १९ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ र साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञको आयोजना हुने बताउदै उहाँले महायज्ञमा विदुषि वाचिका यशोधा देवीबाट कथा प्रवचन हुने जानकारी दिनुभयो ।

उहाँले श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै धार्मिक पर्यटनको विकास एवं प्रचारप्रसारका लागि आयोजना गरिएको मेलामा भेटी तथा दानसमेत सङ्कलन गरिने जानकारी दिनुभयो । साउन ५ गते कलशयात्रा गरी महोत्सवको शुभारम्भ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय