२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

त्रिलोकेश्वर महादेव मन्दिरमा भोलिदेखि एक महिने श्रावणी महोत्सव हुने

५ श्रावण २०८२, आईतवार १३:०९

काठमाडौँ | चाँगुनारायण नगरपालिका-७ बागेश्वरीस्थित प्रसिद्ध बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने एक महिने श्रावणी महोत्सव एवं शिवपुराण तथा नारायणपुराण महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।

‘नगरकोट भ्रमण वर्ष-२०८२’ को अवसर पारेर बागेहिटी संरक्षण समितिद्वारा यही साउन ५ गते सोमबारदेखि बागेहिटीस्थित त्रिलोकेश्वर महादेव मन्दिरमा लाग्ने श्रावणी महोत्सको तयारी पूरा भएको आज सञ्चारकर्मीलाई जानकारी दिइएको हो ।

नगरकोट भ्रमण वर्षको अवसरमा चाँगुनारायण नगरपालिका क्षेत्रभित्र धार्मिक पर्यटकीय क्षेत्रको पहिचान एवं प्रचारप्रसार गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको श्रावणी महोत्सवमा सहभागी भई सफल पार्न चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सम्पूर्ण सर्वसाधारण तथा पर्यटकलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “चाँगुनारायण नगरपालिका क्षेत्र पर्यटकीय प्राकृतिक दृष्टिकोणले सुन्दर मात्रै नभइ धार्मिक पर्यटकीय क्षेत्रका रूपमा अद्भूत छ । यहाँको रत्नागिरि पर्वत, वडा नं १ देखि ९ सम्मका धार्मिक एवं ऐतिहासिक क्षेत्र, मठमन्दिर र शिवालय सुन्दर छन् । भ्रमण वर्षले यस्ता मठमन्दिर तथा सम्पदाको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा टेवा दिनेछ । साउन महिनामा प्रत्येक वडामा रहेका शिवालयमा लाग्ने मेलाको वडागत रूपमा प्रचार गर्न र सहभागी हुन नगरवासीमा आग्रह गर्दछु ।”

नगरभित्रका ऐतिहासिक, धार्मिक क्षेत्र, मठमन्दिरको प्रचारप्रसार, संरक्षण र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनाअनुसार काम भइरहेको नगरप्रमुख खत्रीले बताउनुभयो । तीन तले महादेवको नाममा प्रसिद्ध त्रिलोकेश्वर महादेव मन्दिरमा श्रावणी महोत्सवसँगै साउन ५ गतेदेखि १७ गतेसम्म शिवपुराण ज्ञान महायज्ञको आयोजना हुने आयोजक मूल समारोह समितिका रमेश अधिकारीले जानकारी दिनुभयो ।

यही साउन ५ गतेदेखि २६ गतेसम्म आयोजना हुने महोत्सवमा साउन ५ गतेदेखि १९ गतेसम्म शिवपुराण ज्ञान महायज्ञ र साउन १९ गतेदेखि २६ गतेसम्म नारायण महायज्ञको आयोजना हुने बताउदै उहाँले महायज्ञमा विदुषि वाचिका यशोधा देवीबाट कथा प्रवचन हुने जानकारी दिनुभयो ।

उहाँले श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै धार्मिक पर्यटनको विकास एवं प्रचारप्रसारका लागि आयोजना गरिएको मेलामा भेटी तथा दानसमेत सङ्कलन गरिने जानकारी दिनुभयो । साउन ५ गते कलशयात्रा गरी महोत्सवको शुभारम्भ हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा