2026-08-30 11:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नयाँ वर्ष लाई लक्षित गरी चितवनमा ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’ आयोजना हुने

काठमाडौँ | नयाँ वर्ष २०८२ लाई लक्षित गरी चितवनको नारायणगढमा ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिभल’ आयोजना हुने भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा यही शुक्रबारदेखि बैशाख २ गतेसम्म नारायणघाटस्थित क्याम्पस चौरमा फेस्टिभल आयोजना हुन लागेको हो ।कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले गर्ने बताइएको छ । एक्स्पो हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ६ बजेसम्म चल्ने छ भने अपरान्ह ५ बजेदेखि राति ९ बजेसम्म ग्राण्ड फुड फेस्टिभल सञ्चालन हुने मञ्चका चितवन अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।

एक्स्पोमा प्रवेश निःशुल्क गरिएको छ भने फुड फेस्टिभलमा शुल्क तोकिएको छ । फुड फेस्टिभलमा हरेक दिन चर्चित ब्याण्डहरुले प्रस्तुति दिनेछन् । आयोजकका अनुसार टिकटका लागि खल्तीबाट अग्रिम अनलाइन बुकिङ गर्दा ३ सय रुपैयाँ र कार्यक्रम स्थलमा गएर टिकट काट्दा ५ सय रुपैयाँ तोकिएको छ । पहिलो दिन चैत २९ गते ‘दि एज ब्याण्ड’, ३० गते ‘रकहेड’, चैत ३१ गते ‘पूर्ण राइ एण्ड परिवर्तन’, वैशाख १ गते ‘द स्वार’ र वैशाख २ गते ‘उदय एण्ड झकास’को विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

फुड फेस्टिभलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधताको पाइने आयोजकले जनाएको छ । जसमा अर्गानिक उत्पादन, लाभइ कुकिङ डेमो, फुड आर्ट डिस्प्ले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछ ।यस्तै एक्स्पोमा १०० भन्दा बढी स्टलहरु रहेन छन् । जहाँ जुत्ता, कपडा, चिया, क्राफ्ट, साबु, मसला, मह, अचारलगायतका नेपाली उत्पादनका ब्राण्डहरु रहने छन् । विभिन्न कलेज तथा विद्यालयका विद्यार्थीहरुबाट स्टार्टअप आइडिया पिचिङ, कविता वाचन, प्रेरणादायी भाषणा र नवप्रवर्तन परक प्रस्तुतीहरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रम अवधिमा तीन दिन तीन फरक विषयमा युवामुखी प्यानल छलफलहरु चलाइने मञ्चका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले जानकारी दिए ।युवा उद्यमी मञ्चले सन् २०१७ देखि चितवन महोत्सव भित्र एउटा अंशको रुपमा मेड इन नेपाल एक्स्पो आयोजना गर्दै यसको सुरुवात गरेको थियो । तीन वटा संस्करणपछि अहिले छुट्टै वृहत एक्स्पोको रुपमा यो कार्यक्रमको आयोजना गरिएको पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले बताए । उनले विगतमा गरेको माया जस्तै यसवर्ष पनि माया गर्न सबैमा आह्वान गरे ।

यसपटक एक्स्पोमा ‘मेड इन भरतपुर’ नामक विशेष क्षेत्रमार्फत भरतपुरका स्थानीय उत्पादनहरुको प्रवद्र्धन समेत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने