Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जिपको ठक्कबाट स्कुटर चालकको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | चितवनमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छिन् ।

गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५च २६४४ नंको जिपले ना४५प १७९५ नंको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक वाग्लेको मृत्यु भएको हो । घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।