By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    4 weeks ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    4 weeks ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
    श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    उपसभामुख रुवी कुमारी ठाकुर चीन प्रस्थान
    1 hour ago
    नर्सिङ होम र बोर्डिङ स्कुलहरू बन्द गरिए यसको परिणाम भयावह हुनेछ: महन्थ ठाकुर
    1 hour ago
    प्रतिनिधिसभाको बैठक बस्दै
    7 hours ago
    मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
    1 day ago
    गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    बुधबार १४ अंकले बढ्यो नेप्से
    3 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    सेयर बजारमा झिनो अंकको सुधार
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य घट्यो
    1 day ago
    नेप्से परिसूचक ३०.६० अंकले घट्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
Reading: आलेखः‘हाइ एन्ड’ पर्यटक आकर्षित गर्दै मेघौली
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > बागमती प्रदेश > चितवन - CTW > आलेखः‘हाइ एन्ड’ पर्यटक आकर्षित गर्दै मेघौली
चितवन - CTWमुख्य समाचारसमाज

आलेखः‘हाइ एन्ड’ पर्यटक आकर्षित गर्दै मेघौली

साझासवाल
Last updated: May 4, 2025 12:46 pm
साझासवाल
7 Min Read
Share

काठमाडौँ | चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका लक्जरी रिसोर्टहरुमा पुग्थे । जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन्द्र थियो ।

पर्यटन क्षेत्रका लागि ‘हाइ इन्ड’ भनिने धनी पर्यटकका लागि त्यहाँसम्म पुर्‍याउनका लागि मेघौलीमा विमानस्थल नै बनाइएको थियो । काठमाडौँबाट हेलिकप्टर तथा ट्विनअटर विमानबाट उनीहरु मेघौली विमानस्थल पुग्थे र त्यहाँबाट जङ्गल प्रवेश गर्दथे । जानकारहरुका अनुसार त्यो समयमा विमानस्थलमा दैनिक १० वटासम्म उडान हुन्थे । अहिले उक्त विमानस्थलमा कहिलेकाहीँ नेपाली सेनाले प्याराजम्पिङ गर्दै आएको छ ।

टाइगर टप्समा एक रात बिताउनका लागि त्यो समयमा पर्यटकले ५०० अमेरिकी डलरसम्म तिर्दथे । विसं २०२० मा अमेरिकी नागरिक टुडी ली वाने र हेर्ब केलिनले टाइगर टप्स स्थापना गरेका थिए भने २०२८ सालमा बेलायती नागरिक जिम एवर्डस्ले खरिद गरी सञ्चालन गरेका थिए । पर्यटकहरु टाइगर टप्समा बस्ने र मेघौलीको जङ्गली जनावरको सिकार गर्दथे । टाइगर टप्समा बेलायतकी महारानी एलिजाबेथ, बेलायतका तत्कालीन युवराज फिलिप, अमेरिकाका पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलगायतका प्रतिष्ठित व्यक्तिहरु आएका थिए ।

विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि त्यहाँ जाने पर्यटक अझ बढेका थिए । तर २०६९ सालमा स्पष्ट कानुनको अभावमा निकुञ्जभित्र रहेका रिसोर्ट बन्द भए । अहिले टाइगर टप्स मात्रै होइन, निकुञ्जभित्र सञ्चालनमा रहेका मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जङ्गल लज, आइल्याड जङ्गल रिसोर्ट, टेम्पल टाइगर रिसोर्ट, गैँडा वाइल्डलाइफ क्याम्प बन्द भएका छन् । टाइगर टप्सले अझै पनि रेखदेखका दुई वटा हात्तीसहित कर्मचारी खटाइरहेको स्थानीय बताउँछन् । निकुञ्जभित्रका रिसोर्ट बन्द भएसँगै मेघौलीमा खर्चालु पर्यटकको सङ्ख्या पनि घट्न थाल्यो । त्यहाँ आइरहेका पर्यटक अफ्रिकी मुलुकतर्फ आकर्षित भए । त्यसपछि मेघौलीको वाइल्डलाइफ पर्यटनमा उल्लेख्य गिरावट आयो ।

यद्यपि पछिल्ला केही वर्षयता मेघौलीमा पुनःलक्जरी पर्यटनको विकास हुन थालेको सङ्केत देखिएको छ । निकुञ्जसँगै बग्ने राप्ती नदी किनारमा आरामदायी होटल तथा रिसोर्ट सञ्चालनमा आउनेक्रम बढेको छ । ती रिसोर्टमार्फत हाइ इन्ड अर्थात् खर्चालु पर्यटक बढेका छन् । यसले मेघौलीको पर्यटनलाई पुनःजीवित गर्ने सङ्केत दिएको छ ।

मेघौलीमा पर्यटक बढ्न वाइल्डलाइफमा रुचि राख्ने हाइ इन्ड पर्यटक बढ्न थालेपछि रिसोर्टमा लगानी गर्ने पनि बढेका छन् । पछिल्लो समय मेघौलीमा पर्यटक बढ्न थालेको र लगानी पनि बढ्दै गएकाले आगामी दिनमा मेघौली लक्जरी पर्यटनका लागि प्रमुख गन्तव्य बन्ने विश्वास रहेको बताउनुहुन्छ, सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपाने । सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले हालै मेघौलीमा सिद्धार्थ वाइल्ड लाइफ रिट्रिट सञ्चालनमा ल्याएको छ ।

यसअघि साराङ वाइल्डलाइफ स्याङचुरी रिसोर्टका नाममा सञ्चालनमा रहेको रिसोर्टलाई सिद्धार्थले सिद्धार्थ वाइल्ड लाइफ रिट्रिटका रुपमा सञ्चालनमा ल्याएको हो । “चितवनको मेघौली वाइल्डलाइफ टुरिजमका लागि निकै राम्रो गन्तव्य हो भन्ने लाग्छ, पछिल्लो समय यो सोहीअनुसार विकास पनि भइरहेको छ, विभिन्न प्रजातिको चराचुरुङ्गीको चिरबिरदेखि प्रकृतिमा रमाउन चाहनेका लागि यो सबैभन्दा उत्तम विकल्प बनेको छ”, उहाँले भन्नुभयो ।

राप्ती र नारायणी नदीले घेरिएको मेघौली सुन्दर टापु । यहाँ थारु र कुमाल समुदायको बाहुल्य छ । आगन्तुकहरुले राप्ती नदीमा डुङ्गामा सयर गर्दै गोलाघाट पुगेर सूर्यास्तको मजा लिन सक्छन् भने नदी किनारमा हात्तीसँग नुहाउने पनि सुविधा छ । बिहानै हात्ती तथा जिपमा जङ्गल सफारी गरी जङ्गली हात्ती, गैँडा, बाघ, मयुँर, बँदेल, विभिन्न प्रजातिका मृगका साथै करिब ५०० भन्दाबढी प्रजातिका चरा पनि देख्न सकिन्छ । यो क्षेत्र जङ्गली वन्यजन्तुका हिसाबले खुला चिडियाखाना सहर छ ।

चितवनको भरतपुर विमानस्थलबाट करिब ३० किलोमिटर दक्षिण–पश्चिममा पर्ने मेघौलीसम्म पुग्नका लागि कालोपत्र सडकको सुविधा छ । निकुञ्जको किनार हुँदै कलकल बग्ने राप्ती नदी छ । नदीमा डुङ्गा सयर गर्दै विभिन्न प्रजातिका चरा र जङ्गली जनावर हेर्ने सुविधाले जो–कोहीलाई रोमाञ्चक बनाउँछ । राप्ती र नारायणी नदीको सङ्गम रहेको गोलाघाट सूर्यास्तका लागि प्रख्यात छ । जहाँ हरेक साँझ आन्तरिक र बाह्य पर्यटकहरु पाल टाँगेर सूर्यास्तको दृश्य हेर्दै रात्रिभोजको रमाइलो गरिरहेको देख्न सकिन्छ ।

मेघौली चराचुरुङ्गीको चिरबिर आवाजले मात्रै होइन एकसिङ्गे गैँडा, नदी किनारमा घाम ताप्ने गोहीले जो कोही पर्यटकलाई आकर्षित गर्छन् । त्यतिमात्रै होइन, प्रकृतिमा चासो राख्नेहरु, अध्ययनकर्ताहरुलाई पनि यसले आकर्षित गरिरहेको छ । त्यसैले त प्रकृतिको सुन्दरता र शान्त वातावरणमा रमाउन चाहने पर्यटकहरु पछिल्लो समय मेघौली पुग्ने गरेका छन् । मेघौलीको पर्यटन प्रवद्र्धन हुन थालेसँगै यहाँको थारु तथा कुमालको संस्कृतिक संरक्षणका साथै रैथाने खाना प्रवद्र्धन भइरहेको मेघौली पर्यटन विकास समितिका अध्यक्ष राजु भुसालको भनाइ छ । “पछिल्ला केही वर्षयता मेघौलीमा खर्चालु पर्यटक बढ्न थालेका छन्, यसले यहाँको रैथाने खाना र संस्कृति प्रवद्र्धनमा सहयोग पुगेको छ, बढ्दो पर्यटक र लगानीले मेघौलीको पर्यटनलाई पुनर्जीवन दिन्छ भन्ने लागेको छ”, उहाँले बताउनुभयो ।

उहाँका अनुसार मेघौलीमा थारु र कुमाल समुदायले घरबास ९होमस्टे० सञ्चालनमा ल्याएका छन् । यसले उनीहरुको आम्दानी बढाएको छ भने मेघौलीको पर्यटन क्षेत्रको विकासमा सहयोग गरेको छ । “प्राकृतिक सुन्दरता, वन्यजन्तु तथा चराचुरुङ्गी हेर्न, जैविक विविधताका क्षेत्रमा मेघौलीमा ठूलो सम्भावना छ, पर्यटनमार्फत यहाँको संस्कृति, परम्परा र रहनसहनको संरक्षणमा ठूलो सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

भुसालका अनुसार टाइगर टप्सलगायतका रिसोर्ट सञ्चालनमा हुँदासम्म मेघौली पर्यटनको गन्तव्यमात्रै थिएन, यहाँ अन्तरराष्ट्रिय हात्ती पोलो खेल पनि आयोजना हुन्थ्यो । तर टाइगर टप्सलगायतका रिसोर्ट बन्द भएसँगै उक्त खेल पनि बन्द भएको छ । रिसोर्टहरु बन्द भएपछि स्थानीयको उत्पादन बिक्री भएन भने सयौँको सङ्ख्यामा स्थानीयले रोजगारी पनि गुमाए ।

निकुञ्जभित्रका रिसोर्ट बन्द भएपछि मेघौलीमा २०७३ सालमा चौधरी ग्रुपको मेघौली सेराइ ए ताज सफारी लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको छ भने २०७० सालमा बाराही ग्रुपको बाराही जङ्गल लज सञ्चालनमा छ । मेघौलीमा पर्यटकीय गतिविधि बढ्न थालेपछि युरोपियन होटलहरुको समूह इन्टरकन्टिनेन्टल होटल्स ग्रुप ९आइएचजी०ले रु एक अर्बभन्दा बढी लगानीमा लस्ट होराइजन सफारी रिसोर्ट एण्ड स्पा प्रालि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । हाल उक्त रिसोर्ट मेघौलीको राप्ती नदी किनारमा निर्माणाधीन छ ।

ठूलो लगानीमा मेघौलीमा रिसोर्टहरु सञ्चालनमा आउन थालेपछि गुणस्तरीय पर्यटकका लागि मेघौली पहिले रोजाइको गन्तव्य बन्ने अपेक्षा गरिएको छ । यी रिसोर्टहरुले अधिकतम् ७०० अमेरिकी डलरसम्म एक दिनको प्याकेज बिक्री

Share This Article
Facebook Email Copy Link Print
Previous Article कक्षा १२ को परीक्षामा ७३ वर्षीया परीक्षार्थी पनि
Next Article मोटरसाइकल र कार दुर्घटना हुँदा बाबु छोरीको मृत्यु

You Might Also Like

बर्दियामा माघी मेला (फोटोक्याप्सन)

57 years ago
समाज

काठमाडौं महानगरले चलायो भद्रकुमारी घले सेवा सदनमा डोजर

57 years ago
मुख्य समाचारराजनीति

सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक बस्दै

1 year ago
काठमाडौँ - KTMसमाज

तपाईको आजको राशिफल कस्तो छ ? हेर्नुहोस्

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Home Sport
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?