२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

एउटै शिविरमा छ सय जनाको मुटुको परीक्षण

२१ बैशाख २०८२, आईतवार १७:१४

काठमाडौँ | सहिद गङ्गालाल हृदयरोग केन्द्रका विशेषज्ञ चिकित्सकसहितको टोलीले भरतपुर महानगरपालिका–६ गीतानगरमा मुटुको स्वास्थ्य परीक्षण गरेको छ । जिपी कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको निःशुल्क शिविरमा ६५० जनाको परीक्षण गरिएको ।

केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारीका अनुसार सहिद गङ्गालाल हृदयरोग केन्द्रका निर्देशक डा रवि मल्ल नेतृत्वको १८ जना विशेषज्ञ चिकित्सक एवं स्वास्थ्यकर्मीको टोलीले ‘इको’, ‘इसिजी’ परीक्षण गर्नुका साथै उच्च रक्तचाप, मधुमेहलगायत मुटुसँग सम्बन्धित रोगबाट प्रभावित व्यक्ति लाभान्वित भएका छन् । परीक्षणका क्रममा जन्मजात मुटुमा प्वाल रहेको पाइएका तीन जनाको गङ्गालाल हृदयरोग केन्द्रमा निःशुल्क रुपमा उपचार गरिदिने केन्द्रका अध्यक्ष अधिकारीले जानकारी बताउनुभयो ।

केन्द्रका निर्देशक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ मल्लले न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नेक्रममा गङगालाल हृदयरोग केन्द्रले जिल्लाजिल्लामा सञ्चालित मुटुरोग शिविरमार्फत निःशुल्क सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नं ६ ले शिविर सञ्चालनमा सहकार्य गरेको थियो । केन्द्रका अध्यक्ष अधिकारीले स्थानीय सर्वसाधरण लाभान्वित हुन सकून् भन्ने उद्देश्यका साथ मुटुरोग उपचारका क्षेत्रमा देशभर स्थापित गङ्गालाल हृदयरोग केन्द्रका विशेषज्ञसहितको टोलीलाई अनुरोध गरेको स्पष्ट गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…