२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सडकबाटो बिग्रपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

२९ बैशाख २०८२, सोमबार १७:१६

काठमाडौँ | चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको ‘प्याराग्लाइडिङ’ बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९, चौकीडाँडादेखि कविलासडाँडासम्म साहसिक खेलका रूपमा सञ्चालनमा आएको प्याराग्लाइडिङको उडान बन्द भएको हो ।

प्याराग्लाइडिङ बन्द भएसँगै त्यस क्षेत्रमा रमाउन जाने पर्यटक उल्लेख्य सङ्ख्यामा घट्नेक्रम सुरु भएपछि स्थानीयवासी चिन्तित देखिन्छिन । दुई वर्षअघिको वैशाखमा सुरु भएको प्लाराग्लाइडिङ करिब तीन महिना चलि बन्द भएको हिमालयन फ्रन्टियर्स प्याराग्लाइडिङका अध्यक्ष विजय घलेले जानकारी दिनुभयो । स्टेसनसम्म पुग्ने सडक सहज नभएपछि पर्यटकको अभवामा प्याराग्लाइडिङ बन्द गरिएको उहाँले स्प्ष्ट गर्नुभयो ।

चौकीडाँडास्थित ‘स्टेसन’ स्थलसम्म जाने सडकको अवस्था सहज नभएकाले तत्कालका लागि उडान बन्द गरिएको बताउँदै अध्यक्ष घलेले अहिले सो सडक निर्माणाधीन अवस्थामा रहेको र स्टेसन क्षेत्र आसपासमा होटलहरु निर्माण गर्ने काम धमाधम भइरहेकाले केही समयका लागि उडान बन्द गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सडकबाटो बिग्रेका कारण स्टेसनसम्म जान समस्या भएपछि चौकीडाँडामा अन्य संरचना निर्माण गर्ने काम भइरहेको, बाटो बनेपछि सम्भवत आगामी देसैँदेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याउँछौँ ।” भरतपुर महानगरको भ्रमण वर्ष–२०२४ लाई लक्षित गरी मुलुकको पर्यटन प्रबर्द्धनमा सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिएको सो प्याराग्लाइडिङ चौकीडाँडाको दुई स्थानबाट गर्न सकिने छ । रु ३० करोडको लगानीसहित १२ वटा प्याराग्लाइडिङको सो ठाउँमा व्यवस्था गरिएको ।

समुुद्री सतहबाट एक हजार ५० मिटर उचाइमा रहेको चौकीडाँडा र ५८० मिटर उचाइको कविलासबाट ‘टेकअफ’ गराउने र प्याराग्लाइडिङ अवतरण भने त्रिशूली नदी किनार गर्ने व्यवस्था मिलाइएको छ । उडान अवधि २० देखि ३० मिनेट रहेको सो प्याराग्लाइडिङका क्रममा नजिकैको देवघाट आसपासका रमणीयस्थलको दृश्यावलोकनसहित भरपुर आनन्द लिन सकिने बताइएको छ ।

भरतपुर महानगरापालिका वडा नं २९ का अध्यक्ष सूर्यबहादुर गुरुङले पर्यटकीय हिसावले सम्भावना बोकेको चौकीडाँडा र कविलासडाँडामा प्याराग्लाइडिङ सञ्चालनमा आउँदा स्थानीय जनता हर्षित भएको, व्यापार व्यवसायसहित चहलपहल बढेको, स्थानीयले रोजगारी पाएको, जग्गाको मूल्य वृद्धि भएको उल्लेख गर्दै छिटोभन्दा छिटो प्याराग्लाइडिङ सञ्चालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो । उहाँले पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले निजी क्षेत्रबाट सुरु भएको सो प्याराग्लाइडिङ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न स्थानीय सरकार तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला