२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणी लिफ्टबाट पानी छोडियो

२०८२, १३ असार शुक्रबार १५:५०

काठमाडौँ | नारायणी लिफ्ट तथा खगेरी सिँचाइ व्यवस्थापन कार्यालयले रोपाइँका लागि नहरमा पानी छाड्न सुरु गरेको छ ।

सो कार्यालयले आठ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्दै आएको छ । नारायणी लिफ्टमा रहेका दुईवटा पम्पबाट चार हजार ७०० हेक्टर र खगेरी सिँचाइबाट तीन हजार ९०० सय हेक्टर क्षेत्रफल सिँचाइ हुँदै आएको छ ।

कार्यालयका प्रमुख कुलराज चालिसेका अनुसार खगेरी सिँचाइमा यही असार १० गतेदेखि पानी छाड्न थालिएको हो । नारायणी लिफ्टमा पूजा गरेर पानी छाड्न थालिएको उहाँले जानकारी दिनुभयो । अहिले लिफ्टको ‘बी’ पम्पबाट पानी छाडिएको छ । उहाँले भन्नुभयो, “पम्पको पूजा गरेर आजदेखि पानी छाडिएको छ ।” असार १५ गते धान दिवसका अवसरमा रोपाइँका लागि पानी छाडिएको उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा पनि असार १० गतेबाट पानी छाडिएको थियो ।

‘सी’ पम्पबाट असार तेस्रो साताबाट पानी छाडिने उहाँले बताउनुभयो । उहाँका अनुसार बी पम्पबाट एक दशमलव सात घनमिटर प्रतिसेकेन्ड पानी तानिने गरिन्छ भने सी पम्पबाट अधिकतम आठ घनमिटर प्रतिसेकेन्ड पानी छाड्ने गरिन्छ । नहर सरसफाइ गरेर मूल नहर र शाखाहरुमा पानी छाडिएको चालिसेले बताउनुभयो ।

नारायणी लिफ्टबाट देवनगर, लङ्कु, टाइगरचोक, फूलबारी, राधापुर, श्रीपुर, तोरिखेत, पारसनगर, शिवनगर, गोरखाली टोल, गोन्द्राङ्, वन्देवी, काँडाघारी गौरीगञ्ज क्षेत्रको सिँचाइ हुँदै आएको छ । खगेरीबाट देवनगर, मङ्गलपुर, गीतानगर, पार्वतीपुर क्षेत्रमा सिँचाइ हुने गरेको छ । यस कार्यालयले धान र गहुँ बालीलाई लक्षित गरि नहरमा पानी छाड्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ