८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भेटेपछि माओवादी नेता देवेन्द्र पौडेलले भने : अहिलेको सरकारले आफ्नालाई जोगाउने र विरोधीलाई फसाउनेतर्फ उन्मुख छ

१ पुष २०८१, सोमबार १७:०५

काठमाडौँ | नेकपा (माओवादी केन्द्र) का सचिव तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले अहिलेको सरकार कांग्रेस र एमालेकै कारण ढल्ने दाबी गरेका छन् । उनले आफूहरु अहिले सरकार ढाल्ने वा बनाउने खेलमा नलागेको स्पष्ट पारे ।

आज (सोमबार) कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई भेटेर निस्किएपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले रवि लामिछानेलाई चितवनबाट पोखरा लगिँदा राति उठाएर लगिएको भन्दै प्रहरीको उक्त कदमलाई अमानवीय कदमको संज्ञा दिए ।

उनले भने,‘उहाँलाई चितवनबाट राति उठाएर ल्याईयो, यसप्रकारका अमानवीय र मानवअधिकार उल्लंघनका काम कसैको हकमा पनि हुनुहुँदैन् ।’ उनले सरकारले सुशासन कायम गर्न नसके माओवादी चुप लागेर (मुकदर्शक) भएर हेरेर नबस्ने चेतावनी दिए । उनले भने,‘अहिले हामी भर्खरै हामी त्यता लागेका छैनौं, सरकार परिवर्तनको लागि प्रतिनिधिसभामा गणित पुग्नुपर्छ । अहिले हामी यो सरकार फेरेर अर्को बनाउने प्रक्रियामा हामी छैनौं । उहाँहरुकै कारणले ढल्छ सक्छ । उहाँहरुकै आपसी लेनदेन, हिसाबकिताब, मान्छेहरु सेटिङ गर्ने, विश्वविद्यालयमा सेटिङ गर्ने, व्यूरोक्रेसीमा सेटिङ गर्ने, प्रहरी प्रशासनमा सेटिङ गर्ने, अरु कतिपय कुरामा उहाँहरुको हिसाबकिताब मिलेन भने सरकार ढल्नसक्छ ।’

उनले कांग्रेस र एमालेसँग बहुमत भएपनि कुरा नमिलेको दाबी गरे । उनले भने,‘उहाँहरु ठूलो दलबलसहित चीन जानुभयो । अहिलेपनि तपाईहरुले सोध्नुभयो भने एउटा दलले बीआरआईमा हस्ताक्षर भएको हो भन्छ, अर्को दलले हस्ताक्षर भएको होईन भन्छ । त्यही कुराले पनि के प्रष्ट गर्छ भने सरकार आँफै कन्फ्युजनमा छ । अन्तर्राष्ट्रिय मुद्दाहरुमा कन्फ्युजनमा छ । सुशासनको क्षेत्रमा कन्फ्युजनमा छ । डेलिभरी दिने कुरामा कन्फ्युजनमा छ । यो सरकारले धेरै जनताको पक्षमा काम गर्लाजस्तो महसुस छैन् ।’ उनले अहिलेको सरकारले आफ्नालाई जोगाउने र विरोधीलाई फसाउनेतर्फ उन्मुख रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू