८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार

२२ पुष २०८१, सोमबार १५:४४

काठमाडौँ | सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ। साताको दोस्रो सेयर कारोबार दिन सोमबार नेप्से परिसूचक ४९.१२ अंकले बढेर २६४०.६८ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्ड‍ेक्स १.५१ प्रतिशतले बढेर ४४९.५९ विन्दुमा अडिएको छ।

अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक ५.३२ अंकले बढेर २५९१.५६ विन्दुमा पुगेको थियो। सो दिन ४ अर्ब ८६ करोडको सेयर कारोबार भएको थियो। आज ३१२ स्क्रिप्सको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता सेयर ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार ८५४ रुपैयाँमा खरिदबिक्री भए।

दोहोरो अंकले बढेको सेयर बजारमा आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो।

सुपर मादी हाइड्रोपावरको ९.७० प्रतिशत,साहस उर्जाको ८.७१,माया खोला हाइड्रोपावरको ८.५९ र सप्तकोशी डेभलपमेन्टको ८.२५ प्रतिशतले बढ्यो।

यसदिन दुई कम्पनीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले घट्यो।

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट २९ करोडको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी साहस उर्जा र पिपुल्स हाइड्रोपावरले १३/१३ करोडको सेयर कारोबार गरे। दोल्ती पावरले १२ करोडको सेयर कारोबार गर्दा सप्तकोशी डेभलपेन्ट बैंकले १० करोडको सेयर कारोबार गर्‍यो।

कारोबारमा आएका स्टक्समध्ये २२६ वटाको मूल्य बढ्यो भने १२ वटाको घट्यो भने ४ वटाको मूल्य स्थिर रह्यो। सबै समूहको उपसूचकमा हरियाली छाएको छ। आज हाइड्रोपावर र इन्भेस्टमेन्ट समूहको उपसूचक ३ प्रतिशत बढिले वृद्धि भयो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी