७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूमाथिको आरोप पुष्टि गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती

१५ माघ २०८१, मंगलवार १६:१०

काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो विरुद्धमा नेपाल पत्रकार महासंघले भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आफू माथिको आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।

‘प्रेस स्वतन्त्रताको नाममा जसले जस्लाई पनि जथाभावी आरोप लगाउन मिल्दैन । आरोप पुष्टी गरेर समाजमा ल्याउन सकिन्न भने कसैको चरित्र हत्या गर्ने नियतले राजनीतिक पक्षधरता लिएर कसैले पनि जिब्रो, कलम या क्यामेरा चलाउनु हुँदैन । पत्रकारले समाजलाई विभत्त गर्ने बिग्रह र कहल ल्याई आतंक सृजना गर्न मिल्दैन । पत्रकार कुनै दलको बन्नु हुँदैन’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘स्वतन्त्र र निष्पक्ष पत्रकारले मात्रै सत्य र तथ्यलाई आधार मानी देश र जनताको भावना, चाहना र आवश्यकता अनुसार काम गर्न सक्दछ । सत्य तथ्यलाई बाहिर ल्याउनु पत्रकारको परम कर्तव्य हो तर भ्रम सृजना गरेर अपुष्ट बिना प्रमाणका सामाग्री सम्प्रेषण र प्रसारण गर्दा देश र जनतालाई आघात पुग्ने र लोकतन्त्रको नाममा दलतन्त्र हावी हुने देखिन्छ’ ।

पत्रकारलाई धम्की दिएको भन्ने कुरा महासंघले अनर्गल प्रचार गरेको उनको दाबी छ । ‘पत्रकार महासंघलाई मेरो चुनौती छ । कहाँ, कति बजे, मिडियामा के कसरी धम्की दिएको हो मैले सो प्रमाणित गरिदिन चुनौती दिन्छु । देशको माया बोकेर जनताको सेवा र सुविधाका लागि आफुलाई समर्पित गर्ने, खोलाखोल्सी, डाँडा काँडा, झोर जंगल, भीरपाखा, घामपानी, जाडो चिसो नभनी एउटा निर्जीव औजार सरि देश र जनताका लागि घोटिने एउटा देश भक्त जनप्रतिनिधिलाई निरंकुश बनेको आरोप लगाउन अघि लोकतन्त्रको अर्थ र परिभाषा बुझ्दा राम्रो हुनेथ्यो’ उनले भनेका छन् ।

उनले दलीय आडमा लागेर आफ्नो विरुद्धमा भ्रम नफैलाउन चेतावनी दिएका छन् । ‘पार्टीको आडमा संगठनको भरमा कुनै व्यक्ति या संस्थालाई बिना प्रमाणको आरोप लगाई हिलो छ्याप्नुलाई लोकतन्त्र भनिन्छ भने नेपाली जनताले वास्तविक लोकतन्त्रको लागि फेरि पनि आवाज उठाउनु पर्ने देखिन्छ’ उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी