Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफूमाथिको आरोप पुष्टि गर्न पत्रकार महासंघलाई हर्क साम्पाङको चुनौती

२०८१, १५ माघ मंगलवार १६:१०

काठमाडौँ | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो विरुद्धमा नेपाल पत्रकार महासंघले भ्रम फैलाएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले आफू माथिको आरोप पुष्टि गर्न चुनौतीसमेत दिएका छन् ।

‘प्रेस स्वतन्त्रताको नाममा जसले जस्लाई पनि जथाभावी आरोप लगाउन मिल्दैन । आरोप पुष्टी गरेर समाजमा ल्याउन सकिन्न भने कसैको चरित्र हत्या गर्ने नियतले राजनीतिक पक्षधरता लिएर कसैले पनि जिब्रो, कलम या क्यामेरा चलाउनु हुँदैन । पत्रकारले समाजलाई विभत्त गर्ने बिग्रह र कहल ल्याई आतंक सृजना गर्न मिल्दैन । पत्रकार कुनै दलको बन्नु हुँदैन’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘स्वतन्त्र र निष्पक्ष पत्रकारले मात्रै सत्य र तथ्यलाई आधार मानी देश र जनताको भावना, चाहना र आवश्यकता अनुसार काम गर्न सक्दछ । सत्य तथ्यलाई बाहिर ल्याउनु पत्रकारको परम कर्तव्य हो तर भ्रम सृजना गरेर अपुष्ट बिना प्रमाणका सामाग्री सम्प्रेषण र प्रसारण गर्दा देश र जनतालाई आघात पुग्ने र लोकतन्त्रको नाममा दलतन्त्र हावी हुने देखिन्छ’ ।

पत्रकारलाई धम्की दिएको भन्ने कुरा महासंघले अनर्गल प्रचार गरेको उनको दाबी छ । ‘पत्रकार महासंघलाई मेरो चुनौती छ । कहाँ, कति बजे, मिडियामा के कसरी धम्की दिएको हो मैले सो प्रमाणित गरिदिन चुनौती दिन्छु । देशको माया बोकेर जनताको सेवा र सुविधाका लागि आफुलाई समर्पित गर्ने, खोलाखोल्सी, डाँडा काँडा, झोर जंगल, भीरपाखा, घामपानी, जाडो चिसो नभनी एउटा निर्जीव औजार सरि देश र जनताका लागि घोटिने एउटा देश भक्त जनप्रतिनिधिलाई निरंकुश बनेको आरोप लगाउन अघि लोकतन्त्रको अर्थ र परिभाषा बुझ्दा राम्रो हुनेथ्यो’ उनले भनेका छन् ।

उनले दलीय आडमा लागेर आफ्नो विरुद्धमा भ्रम नफैलाउन चेतावनी दिएका छन् । ‘पार्टीको आडमा संगठनको भरमा कुनै व्यक्ति या संस्थालाई बिना प्रमाणको आरोप लगाई हिलो छ्याप्नुलाई लोकतन्त्र भनिन्छ भने नेपाली जनताले वास्तविक लोकतन्त्रको लागि फेरि पनि आवाज उठाउनु पर्ने देखिन्छ’ उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना